युुट्युबर प्रनेश फेरि पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2019 | 12:50:12 PM मा प्रकाशित

laxmi  sunrise bank

हाजिरी जमानीमा रिहा भएका युुट्युबर प्रनेश गौतम पुनः पक्राउ परेका छन् । गौतमलाई महानगरीय प्रहरी परिसर काठमाडौंद्वारा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फिल्म ‘वीर विक्रम–२’ को समीक्षा गरेकै कारण साइबर अपराधको आरोपमा पक्राउ परेका गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंमा विद्युतिय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएपछि हिरासतमै राखिएको हो ।

मुद्दा दर्तापछि शुक्रवार नै पेशी तोकिएपनि सरकारी वकिल उपस्थित नभएपछि बहस हुन सकेन । थुनछेक बहस आइतबारका लागि सरेको छ । प्रहरीले गौतमलाई सात दिनअघि निर्देशक मिलन चाम्सको उजुरीका आधारमा पक्राउ गरेको थियो । चाम्सले गौतमविरुद्ध अभद्र खालको टिप्पणी गरेर कलाकारको मानहानि गरेको भन्दै उजुरी दिएका थिए । 

चलचित्र समीक्षक समाजले विज्ञप्ति जारी गर्दै प्रनेशको पक्राउ विद्युतीय कारोबार ऐनको अपव्याख्या र दुरुपयोग भएको ठहर गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved