देशभर बर्षाको सम्भावना, यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 07:03:55 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले देश भारको मौसम बदलि हुने जनाएको छ | विभागले आगामी ३ दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै आगामी ३ दिन नै बर्षाको सम्भावना रहेको बताएको हो |


यस्तो छ बिभागको आगामी ३ दिनको मौसम पूर्वानुमान |


असार ५ गते (बिहीबार)

 

दिउँसो: देशभर सामान्यतया वदली रही पूर्व र मध्यका केही र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा हल्का वर्षा सहित मेघगर्जन हुने सम्भावना छ|

 

राति: देशको पूर्वी तथा मध्य क्षेत्रको साथै पश्चिमी पहाडी भूभागमा सामान्यतया वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ | देशका केही स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ। 


असार ६ गते (शुक्रवार)

 

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

 

राति: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।


असार ७ गते (शनिबार)


दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

 

राति: देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved