करेन्ट लागेर एकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 09:26:14 AM मा प्रकाशित

laxmi  sunrise bank

झापामा गएराति करेन्ट लागेर एकको मृत्यु भएको छ । गएराति भएको घटनामा कमल गाँउपालिकाका ५५ बर्षीय प्रेम खतिवडाको मृत्यु भएको हो भने सोहि घटनामा हिक्मत बुढा गम्भिर घाईते भएका छन् । 

शनिबार साँझ ८ बजेतिर कमल गाउँपालिका–५ स्थित कावेली करिडोर पावरहाउसको सवस्टेशन अगाडि राजमार्गको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक विद्युत् चुहिँदा दुवै घाइते भएका हुन् । घाइतेलाई उपचारको क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा ल्याउना साथ खतिवडाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए । 

सोहि घटनामा गम्भिर घाइते भएका मुगुका ४९ वर्षीय बुढालाई थप उपचारका लागि भारतको सिलगुढी लगिएको प्रहरिले जनाएको छ । खतिवडा र बुढा दुवै नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रका प्राविधिक रहेको बताइएको छ ।

प्रहरिले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved