२८ जिल्लामा बाढीेपहिरो, ३३ हजार प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 04:16:49 PM मा प्रकाशित

laxmi  sunrise bank

विगत चार दिनदेखिको वर्षाका कारण मुलुकको २८ जिल्लाका ३३ हजारभन्दा बढी मानिस प्रभावित भएको सरकारले जनाएको छ । विपद्को बेलामा सरकारको सबै संयन्त्र परिचालन गरेर हवाई, जल तथा स्थलमार्गबाट उद्धार तथा सुरक्षित बासस्थानका लागि आवश्यक कार्यलाई तीव्र गति दिइएको सरकारले जानकारी दिएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वर्षापछि मुलुकका विभिन्न जिल्लामा आएको बाढी, पहिरो र डुबानको अवस्थाबारे जानकारी गराउँदै गृहमन्त्री रामबहादुर थापा बादलले अहिलेसम्म दुई हजार १५६ जनाको उद्धार गरिएको जानकारी दिए । विपद्को अवस्थाबारे सांसदले राखेका जिज्ञासामा गृहमन्त्री थापाले उद्धार तथा राहतका कार्यक्रममा तीनै तहको सरकार, स्थानीय समुदाय, विभिन्न सङ्घसंस्था क्रियाशील रहेको बताए । सुरक्षा निकायहरु अहोरात्र उद्धारमा खटिएको भन्दै उनले पहाडी क्षेत्रमा बाढी, पहिरो र तराई क्षेत्रमा डुबानको चपेटामा रहेको बताए ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म बाढीपहिरोका कारण ५० जनाको मृत्यु भएको, ३१ वेपत्ता र ३४ जना घाइते भएका छन् । गृहमन्त्री थापाका अनुसार अहिले विपद्को पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइएको छ । एसएमएस सन्देशदेखि मिडिया तथा सामाजिक सञ्जालबाट प्रचारप्रसारलाई तीव्र गति दिइएको तथा उच्च सतर्कताका साथ उद्धार कार्य जारी राखिएको छ । अवरुद्ध रहेका केही सडक खुलिसकेको र कतिपय सडक खुलाउने कार्य जारी रहेको जानकारी दिँदै गृहमन्त्री थापाले सर्लाही र रौतहटमा पानी निकासको प्रबन्ध मिलाइएको बताए ।

उनले हेलिकप्टरबाट खाद्यान्न, राहत, म्याट, त्रिपाल पु¥याउने प्रबन्ध गरिएको भन्दै स्थानीय तहले खानेकुरा तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्र्ने कार्यलाई तीव्र गति दिएको जानकारी दिए । यस्तै प्रदेश १ को गोदामबाट आवश्यक म्याट, त्रिपालसमेत बाढी र डुबान प्रभावित क्षेत्रमा पठाइएको छ ।

प्रधानमन्त्रीले समेत उद्धार र राहतका लागि समन्वयात्मक रुपमा चुस्त भएर लाग्न निर्देशन दिएको स्मरण गर्दै गृहमन्त्री थापाले शनिबार बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उद्धार तथा राहतका कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरी सबै संयन्त्र परिचालन भएको उल्लेख गरे ।

उनले विपद्का घटनामा मानिस नै दोषी रहेको उल्लेख गर्दै भने , “हामी आफैँ दोषी छौँ, चुरे फाँडिरहेका छौँ, मधेश तराई मरुभूमिमा परिणत हुँदै छ, खोलामा घर बनाइदिएका छौँ, जथाभावी बाटोघाटो बनाइरहेका छौँ, यसका लागि हाम्रो नीति सच्याउनु जरुरी छ ।” 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved