काठमाडौँका फिल्म हलले तिरेनन दर्शकबाट उठाएको कर, १५ दिनमा नतिरे कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 06:55:10 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले नगर भित्र रहेका सम्पूर्ण चलचित्र घरहरुलाई कर तिर्न ताकेता गरेको छ । महानगरले एक सूचना जारि गर्दै १५ दिन भित्र कर तिर्न आउँन र सो समयमा कर तिर्न नआएमा कारवाही गर्ने चेतवानी दिएको छ 

महानगरले सम्पूर्ण चलचित्र घरहरुलाई आर्थिक बर्ष ७५/७६ मा मनोरञ्जन कर वापत दर्शकबाट लिएको  रकम कर वापत बुझाउन भनेको हो । चलचित्र घरहरुले हरेक टिकट बिक्रि वापत ५ प्रतिशत कर उठाउदै आएका छन् 

यसरी उठाएको कर प्रत्यक महिना समाप्त भएको २५ दिन भित्र बुझाउनु पर्ने ब्यबस्था रहेपनि चलचित्र घरहरुले हाल सम्म पनि नबुझाएको महानगरले जनाएको छ । महानगरले १५ दिन भित्र बक्यौता सहित उक्त कर तिर्न ताकेता गरेको हो । 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved