रवि लामिछानेसहित ३ जनालाई मुद्दा दर्ता गरिँदै, ५ वर्ष जेलको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 10:30:57 AM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा हिरासतमा रहेका टिभी प्रस्तोता रवी लामिछाने, युवराज कंडेल र नर्स अस्मिता कार्कीलाई चितवन जिल्ला अदालतमा तेस्रोपटक उपस्थित गराइएको छ। 

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनका सम्बन्धमा छानबिनका लागि प्रहरीको न्यायिक हिरासतमा रहेका उनीहरुलाई आइतबार तेस्रोपटक अदालतमा उपस्थित गराइएको हो ।

गएको साउन ३० गते प्रहरीले उनीहरुलाई काठमाडौंबाट नियन्त्रणमा लिएर साउन ३१ गते अदालत उपस्थित गराएर पहिलो पटकको लागि ५ दिनको म्याद मागेको थियो। त्यसपछि भदौ ३ गते फेरि ५ दिनको म्याद दिएको थियो। सो म्याद आइतबारबाट सकिएकाले फेरि अदालतमा उपस्थित गराइएको हो ।

अब उनीहरुलाई अदालतले रिहा गर्छ या पुर्पक्षका लागि जेल चलान गर्छ भन्नेमा आम मानिसहरुको ध्यान चितवनमा परेको छ । तर, चितवन प्रहरीले उनीहरुविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेकाे छ। आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा हिरासतमा रहेका सिधा कुरा जनतासंगका प्रस्तोता र कंडेललाई ५ वर्षको जेल सजाय र ५० हजार जरिवाना मागसहित मुद्दा दर्ता गर्न लागिएकाे स्रोतको भनाई छ। 

लामिछाने विरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको स्रोतको भनाई छ। लामिछानेविरुद्ध अभियोग पत्र दायर भएसंगै  आजदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस हुनेछ । यदि आज बहस नसकिए भदौ ९ गते अर्थात भोली पनि बहस चल्ने छ । बहस सकिएपछि लामिछाने रिहा हुने नहुने बारे निर्णय हुने जिल्ला अदालतका एक न्यायधीशले जानकारी दिए ।

पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेललाई पानीपोखरीस्थित न्युज २४ कार्यायलबाट प्रहरीले पक्राउ गरिएको थियो भने रुकु भनिने अस्मिता कार्कीलाई सोही दिन कलंकीबाट पक्राउ गरिएको थियो ।

पत्रकार पुडासैनी साउन २० गते नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved