शेखर गोल्छाले भने, ‘कुल राजश्वको ४० प्रतिशत तिर्ने अटो क्षेत्र उपेक्षित नहोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2019 | 03:13:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले उठाउने कुल राजश्वको ४० प्रतिशत हिस्सा अटोमोबाईल्स व्यवसायीले तिर्दै आएको बताएका छन् । नाडा अटो शोको उद्घाटन कार्यक्रममा नाडाका पूर्व अध्यक्ष समेत रहेका गोल्छाले राजश्वसँगै रोजगारी सिर्जनामा पनि अटोमोबाईल्स क्षेत्र एक नम्बरमा रहेको दाबी गरे । उनले अटोमोबाइल्स क्षेत्रको योगदाबाट देशभर लाखौको संख्यामा रोजगारी सिर्जना भएको बताए । 

गत आर्थिक वर्ष २०७५/०७६ मा अटोमोबाईल्स क्षेत्रबाट सरकारले ८४ अर्ब ८२ करोड राजश्व उठाएको थियो । यति धेरै राजश्व तिर्ने क्षेत्रलाई सरकारले उपेक्षित नगरोस् भन्ने आफ्नो कामना रहेको उनको भनाई छ ।

अटोमोबाईल्सलाई विलासीताका सामानको रुपमा नलिन आग्रह गर्दै उनले अत्यावश्यक साधनका भएको बताए । सवारी साधन विलासिताका बस्तु नभई देश विकासको मुख्य आधार भएको उनको भनाई छ । उनले सस्तो दरमा सर्वसाधारणलाई गाडी उपलब्ध गराउन र उनीहरुलाई खुशीसाथ काम गर्ने वातावरण मिलाउनुपर्ने बताए । 

उनले अन्तराष्ट्रिय स्तरको प्रदर्शनी हल निर्माण गर्ने कामको थालनी गर्न सरकारसँग माग गरे । 

भिडियोः 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved