पशुसेवा विभागले ‘राष्ट्रिय जनावर गाई’को तस्बिर मासुजन्य जनावरको रुपमा प्रचार गरेपछि आलोचना भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले ‘स्वच्छ र स्वस्थ मासु’ खान सचेत गराउन तयार पारेको ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ लेखिएको पोस्टरमा गाईको तस्विर राखेको छ ।
घटनाप्रति विभिन्न संगठनले ध्यानाकर्षण जनाउदै नियतवश वा भुलवश के हो भन्नेबारे जवाफ माग गरेका छन् । विभागले गाईको तस्बिर राखिएकोप्रति क्षमा मागेको छ । “हाल उक्त त्रुटि सच्याईसकिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदै प्राविधिक कारणले हुन गएको र त्रुटिप्रति पशु सेवा विभाग हार्दिक क्षमा याचना गर्दछ,” विभागका महानिर्देशक डा. वंशी शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
विभागको विज्ञप्तिः