सेल्फी प्रेमीलाई बिशेष हुने छ 'आइफोन एट', थ्रीडी सेल्फीको चर्चा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 25, 2017 | 01:49:08 AM मा प्रकाशित

laxmi  sunrise bank

केहि दिन यता चर्चामा रहेको आइफोन एट  को बारेमा फेरी एक जानकारी बाहिर आएको छ। ग्याजेट्स उत्पादक कम्पनी एप्पलले आइफोन सिरिजको आगामी फोन ‘आइफोन एट' मा थ्रीडी फ्रन्ट क्यामेरा समावेश गर्न सक्ने चर्चा चलेको छ। 

अन्तराष्ट्रिय संचार माध्यममा लेखिएको समाचार अनुसार एज टू एज OLED डिस्प्ले हुने भनिएको आइफोन एटमा बिशेष किसिमको फ्रन्ट क्यामेरा जडान हुन सक्ने छ। जसमा थ्री डी सेंसर क्षमता भएको तीन मोडेल हुने अनुमान छ। 

तीन मोड्युल मध्ये एक स्ट्यान्डर्ड फ्रन्ट क्यामेर, एक इन्फ्रारेड ट्रान्समिटिंग मोड्युल र अर्को इन्फ्रारेड रिसिभिंग मोड्युल हुने छ। यसमा फेसियल र आइरिश रिकगनिकेशन पनि हुने छ। यस प्रविधि मार्फत थ्रीडी क्यामेराले खिचेका तस्विरहरु, गहिराइमा गएर राम्रोसँग चिन्न सक्ने छ। 

यस क्यामेराले दुवै मोड्युल मार्फत खिचिएको सम्पूर्ण जानकारी र स्ट्यान्डर्ड क्यामेराद्वारा २ डी तस्विरलाई एक साथ जोडेर काम गर्ने छ। यस प्रकारको क्यामेरा लामो समयदेखि चर्चामा रहेको आइफोन एट को आइरिश रिकगनिकेशन फिचरको लागि मात्रै नभई केहि गेमिंग एपको लागि पनि प्रयोगमा आउने छ। जसमा प्रयोगकर्ताले थ्री डी मा सेल्फी खिचेर गेममा आफ्नै थ्री डी अनुहार देख्न सक्ने छन। 

एप्पलले सन २०१३ मा नै थ्रीडी सेन्सर कम्पनी प्राइमसेन्सले तयार पारेको अपगे्रडेड हार्डवेयर सहितको सफ्टवेयर किनिसकेको छ। जसको प्रयोग एप्पलले आइफोन एट तथा आगामी उत्पादनमा गर्ने विज्ञहरुले आँकलन गरेका छन।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved