एन्ड्रोइड फोनमा भाइरसको हमला, झुक्केर पनि डाउनलोड नगर्नुहोस् यो एप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 04, 2017 | 08:25:27 PM मा प्रकाशित

laxmi  sunrise bank

गुगल प्लेस्टोरमा भाइरस हमला भएको छ। एन्ड्रोइडमा  ‘Lipizzan’ नामको भाइरस भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन।  

यो भाइरसले प्रयोगकर्ताको इमेल, म्यासेज र सम्पर्क नम्बरबारे जानकारी लिने बताइएको छ। यति मात्र नभएर यसले कलहरु, स्क्रिन शट, र अडियो–भिडियो पनि रेकर्ड गर्ने खतरा बढेको बताइएको छ।

यो भाइरसको आक्रमणमा पर्न सक्ने केही एपहरुको बारेमा गुगलले जानकारी दिएको छ। सबैभन्दा जोखिममा पर्नसक्ने एप Gmail, Hangouts, KakaoTalk, LinkedIn, Messenger, Skype, Snapchat, StockEmail, Telegram, Threema, Viber, Whatsapp लगायत छन्।

गुगलले ‘Lipizzan’ एपलाई ब्लक गरेको थियो। डिलिट गर्दा पनि एक साताभित्रै ‘लिपिज्जन’ को नयाँ संस्करण प्लेस्टोरमा अपलोड भएको थियो। नयाँ संस्करणमा एपलाई नोटप्याड, साउन्ड रेकर्डर र अलार्म म्यानेजरको रुपमा डिजाइन गरिएको थियो। गुगलले आफ्ना लाखौं प्रयोगकर्तालाई जोगाउने प्रयास गरिरहँदा पनि धेरैपटक यस भाइरसको हमला हुँदै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved