सानिमा र सेन्चुरी सहित ५ कम्पनीको शेयर मूल्य समायोजन, हेर्नुस कसको कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 03, 2017 | 11:24:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सोमबार पाँच कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले  चार वाणिज्य बैंक र १ फाइनान्सको शेयर मूल्य समायोजन गरेको हो ।  

 सानिमा बैंक : सानिमा बैंकको ३० प्रतिशत हकप्रद पछि प्रतिकित्ता मूल्य समायोजन गरेर ४६५ रुपैयाँ कायम गरिएको छ । सानिमाको  आधार औसत मुल्य ५२८ रुपैयाँ रहेको छ ।

लक्ष्मी बैंक: लक्ष्मी बैंकको शतप्रतिशत हकप्रद पछि सेयरमूल्य ४४९ रुपैयाँ कायम भएको छ । बैंकको औसत आधार मूल्य ४५५ रुपैयाँ रहेको छ । 

कृषि विकास बैंक : बैंकको २० प्रतिशत बोनस पछि शेयर मूल्य  ४७८ रुपैयाँ कायम भएको छ । कृषि विकास बैंकको औसत आधार मूल्य ५३० रुपैयाँ रहेको छ ।

सेञ्चुरी बैंक : सेन्चुरीको दश प्रतिशत बोनसपछि सेयरमूल्य ३६२ कायम गरिएको छ । बैंकको औसत आधार मूल्य ३७१ रुपैयाँ छ ।

सेति फाइनान्स : फाइनान्सको ३.६ प्रतिशत बोनसपछि सेयरमूल्य २५१ कायम भएको छ । फाइनान्सको औसत आधार मूल्य २५२ रुपैयाँ रहेको छ । 

यी चार वाणिज्य बैंकको आईतबार सेयर कारोबार खुल्नु अगावै सेयर मूल्य समायोजन हुनुपर्ने थियो  । तर सेयर मूल्य समायोजन नहुँदा आइतबार ती कम्पनीको सेयर कारोबार भएको थिएँन  ।

यो पनि : किन भएन ४ बैंकको शेयर मूल्य समायोजन ? यसो भन्छ नेप्से   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved