नेपाल र ताजकिस्तानबिचको खेल सुरु, बिमल र जर्ज प्रिन्स बेन्चमा (हेर्नुस लाइभ)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 05, 2017 | 12:57:53 PM मा प्रकाशित

laxmi  sunrise bank

 एएफसी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत नेपाल र ताजकिस्तानबिचको खेल सुरु भएको छ   । एसिया कपमा छनौट हुने सम्भावना कायम नै राख्न नेपालले आजको खेल जित्ने पर्ने हुन्छ।  खेलमा स्ट्राइकर विमल घर्तीमगर र अनिल गुरुङको ठाउँमा आएका जर्ज प्रिन्स कार्कीलाई सुरुवाती ११ मा राखिएको छैन । नेपालको तर्फबाट सुरुवाती ११ मा किरण चेमजोङ, बिराज महर्जन, कमल श्रेष्ठ, अनन्त तामाङ, देबेन्द्र तामाङ, बिशाल राई, अञ्जन बिष्ट, रोहित चन्द, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र भरत खवास रहेका छन् । नेपाल ४–४–२ को फर्मेसनमा खेल्ने छ ।  

हेर्नुस लाइभ ।




नेपाल रहेको समूह ‘एफ’ को शीर्ष स्थानमा ६ अंक सहित फिलिपिन्स छ भने दोस्रो स्थानमा रहेको यमनको  ४ अंक छ । फिलिपिन्ससँग ४–१ ले पराजित भएको र यमनविरुद्ध गोलरहित बराबरी खेलेको नेपालको १ मात्र अंक छ  । दुवै खेल हारेको ताजकिस्तान भने चौथो स्थानमा छ । समूहका शीर्ष दुई टोलीले अर्को वर्ष युएइमा हुने प्रतियोगिता खेल्ने अवसर पाउनेछन् । आज नै फिलिपिन्सले आफ्नो घरेलु मैदानमा यमनसंग खेल्ने छ    

नेपाली टोलीका जापानी प्रशिक्षक ग्याटुको कोजीले ताजकिस्तानविरुद्धको नतिजाले छनोटको निर्णय गर्ने बताएका छन् ।  पछिल्लो समय नेपाली टोलीले जापानमा गरेको प्रशिक्षणले केही सकारात्मक परिवर्तन देखिएको कोजीले बताए । जापान भ्रमणले नेपाली फुटबलको लक्ष्य हासिल गर्न सहयोग गर्ने उनको भनाइ थियो ।

प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक कोजीले नयाँ खेलाडी जर्ज प्रिन्स कार्कीले टिममा स्थान बनाएको बताउँदै उनीबाट राम्रो प्रदर्शन अपेक्षा गरेको बताए । 

फिफा बरियतामा ताजकिस्तान १ सय ५१ औं स्थानमा छ भने नेपाल १ सय ६९ औं स्थानमा छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved