एसीसी यु१९ इस्टन रिजन छनौट प्रतियोगिता: थाइल्याण्डलाई २५५ रनले हराउंदै नेपालले गर्यो शानदार सुरुवात

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2017 | 10:11:52 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा जारी एसीसी यु१९ इस्टन रिजन  छनौट प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा नै थाइल्याण्डलाई फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ। 

अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको बलिङको मदतमा नेपालले थाइल्याण्डलाई २५५ रनले हराउन सफल भएको छ। नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा मात्र २६ रन जोड्दा अलआउट भयो।

नेपाली ब्याट्सम्यान सामु टिक्न नसक्दा थाइल्याण्डले लज्जास्पद हार बेहोरेको छ। उनीहरुका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालमा सन्दिपले ४ ओभरमा ६ रन खर्चिएर ७ विकेट हात पारे । 

टस हारेर ब्याटिङको निमन्त्रणा पाएको नेपालका लागि अनुल कुमार शाहले सर्वाधिक ९१ रन जोडे। त्यस्तै नेपालका लागि प्रनित थापा मगरले ५०,सन्दिप सुनारले ३२ , रोहित कुमार पौडेलले २८ र कप्तान दिपेन्द्र सिंह ऐरी र पवन सराफले समान २२ रन जोडे। 

नेपालले ५० ओभरमा ७ विकेट गुमाउदै दुई सय ८१ रन बनाएको हो। मध्यम सुरुवात गरेको नेपालले ३४ रन हुँदा एक र ९४ रन हुँदा दुई विकेट गुमाएको थियो। 

नेपालले छनौट अन्तर्गतको दोस्रो खेल सेप्टेम्बर १३ मा भुटानविरुद्ध खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १४ तारिखमा सिंगापुरविरुद्ध खेल्नेछ । समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन् । छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved