च्याम्पियन्स लिगमा लिभरपुल रोकियो म्यानचेस्टर सिटीको शानदार जित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 14, 2017 | 04:51:00 AM मा प्रकाशित

laxmi  sunrise bank

एजेन्सी । च्याम्पियन्स लिगको नयाँ सिजनमा  इंग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएको छ ।  समूह ‘एफ’ अन्तर्गत बुधबार राति  अवे मैदानमा  भएको खेलमा म्यानचेस्टर सिटीले डच क्लब फाइनोर्डलाई ४–० ले हराउदै विजयी भएको हो । 

म्यानचेस्टर सिटीको जितमा जोन स्टोनले दुई तथा सर्जियो अग्युरो र गाब्रिएल जिससले एक एक गोल गरे ।स्टोनले दोस्रो मिनेटमा नै गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । १० औं मिनेटमा अग्युरोले अग्रता दोब्बर पारे । २५ औं मिनेटमा जिससले गोल गरेपछि पहिलो हाफमा सिटीले ३–० को अग्रता लियो । ६३ औं मिनेटमा स्टोनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ४–० को जित निकाल्यो । 

सिटी जितपछि तीन अंकसहित समूहको शीर्ष स्थानमा छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved