यु १९ इस्टन रिजन छनौट: नेपालले टस जितेर बलिङ गर्दै (लाइभ)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 16, 2017 | 06:24:28 AM मा प्रकाशित

laxmi  sunrise bank


मलेसियामा जारी एसीसी यु १९ इस्टन रिजन  छनौट प्रतियोगिता अन्तर्गतको खेलमा फाइनल प्रवेशका लागि नेपाल र मलेसियाबीच खेल भईरहेको छ। मलेसिया स्थित किनरारा ओवल मैदानमा जारी खेलमा नेपालले टस जितेर मलेशियालाई ब्याटिङ गर्न निम्तो दिएको छ। 

जारी प्रतियोगितामा अपराजित रहेको नेपाल जित निकाल्ने लक्ष्य सहित मैदान प्रवेश गरेको छ। नेपालले आफ्नो खेलमा थाइल्याण्डलाई दुई सय ५५ रन र भुटानलाई नौ विकेटले पराजित गरेको थियो। त्यस्तै समुह चरणको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेट ले पराजित गर्दै समुह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम एसिया कपका लागि छनौट हुने भएकाले मलेसियासँगको खेल जिते नेपाल एसिया कपमा छनौट हुनेछ ।अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ खेल्दैछन् ।

आज को खेल का लागी अन्तिम ११ यस प्रकार रहेका छन – दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सन्दीप सुनार, अनिल कुमार शाह, पवन शराफ, किशोर महतो, रोहित कुमार पौडेल, आशिफ सेख, प्रनीत थापा मगर, शाहअब आलम र सुमित महर्जन ।

खेल अपडेट: 

टस जितेर पहिले फिल्डीङ रोजेको नेपालले २९ ओभरको क्षतीमा ९३ रन खर्चेर ५ विकेट लिएको छ।  






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved