एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधि नेपाललाई, हंगकंग ५ विकेटले पराजित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 17, 2017 | 08:34:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधि जितेको छ। आज भएको फाइनल खेलमा नेपालले हङकङलाई ५ विकेटले हराउँदै उपाधि जितेको हो । नेपाल पुरै प्रतियोगितामा अविजित रहदै उपाधि जितेको हो ।

 हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १४.४ ओभरमा भेट्टायो । नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २२ रन बनाए। यस्तै प्रनित थापा मगरले नट आउट १९ रन, सन्दिप सुनारले १९ रन बनाए। अनिलकुमार साह १६ रनमा आउट भए।

यस अघि टस हारेर ब्याटिंग गरेको हंगकंगले ३२.१ ओभरमा अल आउट हुदै ७६ रन मात्र जोड्यो। हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछाने र  सोहेब आलमले ३-३ तथा अनिल साह र दीपेद्र सिंह ऐरीले १-१ विकेट लिए। मित महर्जन र आसिफ शेखले हङकङका १–१ ब्याट्स्म्यानलाई रनआउट गरे।

यस प्रतियोगिताको फाइनलमा पुग्ने २ टिम यु १९ एसिया कपको लागि छनौट हुने भएकाले नेपाल र हंगकंग एसिया कपको लागि छनौट भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved