विश्वकपका लागि जर्मन छनौट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 06, 2017 | 07:09:36 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप छनौटमा नर्दन आयरल्याण्डलाई ३–१ ले हराउँदै जर्मनी २०१८ को विश्वकपमा छनौट भएको छ । 

जर्मनीका लागि खेल सुरु भएको दुई मिनेटमै सेबास्टियन रुडीले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै खेलको २१ औँ मिनेटमा सान्द्रो वाग्नर ८६ औँ मिनेटमा जोशुआ किम्मिचले जर्मनीका लागि एक–एक गोल गरेका थिए । नर्दन आयरल्याण्डका लागि भने दोस्रो हाफको इन्ज्युरी समयमा जोश मागेन्निसले गोल गरेका थिए । 

समूह ‘सि’ मा रहेको जर्मनीले ९ खेलबाट २७ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्ड समान ९ खेलबाट १९ अंक छ । नर्दन आयरल्याण्डको विश्वकपमा छनौट हुने सम्भावना कायमै छ । 

डिफेन्डिङ च्याम्पियन जर्मनीले विश्वकपमा छनौटमा ८३ वर्षमा अहिलेसम्म हार व्यहोरेको छैन । उसले अहिलेसम्म खेलेका ४७ छनौट खेलमध्येमा ३७ खेलमा जित हासिल गरेको छ भने १० खेलमा बराबरी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved