पोल्याण्ड विश्वकपमा स्थान बनाउन सफल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2017 | 05:11:30 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप छनौट खेलामा मन्टेनेग्रोलाई हराउदै पोल्याण्डले आफनो सिट सुरक्षित गरेको छ ।  युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘ई’ मा रहेको पोल्याण्डले आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा मन्टेनेग्रोलाई ४–२ ले हराएको हो । छैटौं मिनेटमा क्रिजिस्तोफ माजिन्स्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाति अग्रता दिलाए । १६ औं मिनेटमा कामिल ग्रोसिस्कीले घरेलु टोलीको अग्रता दोब्बर पारे । ७८ औं मिनेटमा स्टीफन मुगोसाले मन्टेनेग्रोका लागि एक गोल फर्काए । ८३ औं मिनेटमा मन्टेनेग्रोका जार्को तोमासेविकले बराबरी गोल फर्काए । तर त्यसको दुई मिनेटपछि पोल्याण्डका रोबर्ट लेवानडोस्कीले गोल गर्दै फेरि अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मन्टेनेग्रोका फिलिप स्टोज्कोविकले आत्मघाती गोल गरेपछि पोल्याण्ड ४–० ले विजयी भयो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved