विश्व क्रिकेट लिग च्याम्पियनसिप: हङकङद्वारा नेपालसामू १९५ रनको लक्ष्य प्रस्तुत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 08:20:21 AM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको नेपाल र हङकङबीचको खेल जारि छ।

टस हारेर पहिले ब्याटिंग अग्रेको हङकङले नेपाललिई १९५ रनको लक्ष्य दिएको छ । हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रन जोडेको हो  ।  

 पहिले बलिङ गरेको नेपालले घरेलु टिमको खाता खोल्न नपाउदै पहिलो विकेट लिएको थियो ।  लगातार तीन ओभर मेडेन राख्दै नेपालका लागि करण केसीले पहिलो विकेट लिएका थिए । दिपेन्द्र सिंह ऐरीले  हङकङका कप्तान बाबर हायतलाई २९ रनमा रन आउट गरेका थिए ।

नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २/२ तथा सुशान भारीले १ विकेट लिए । २ खेलाडी भने रन आउट भएका थिए  । नेपालले केहि बेरमा जवाफी ब्याटिंग थाल्ने छ  

 सन् २०१९ मा हुने बिश्वकप क्रिकेटको छनोट चरणमा पुग्न नेपाललाई हङकङविरुद्धका दुवै खेल जित्नै पर्ने दवाव छ । अंक तालिका नेपाल छैठौं र हङकङ पांचौ स्थानमा छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved