हङकङ र नेपालको खेल अनिश्चित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 07:05:04 AM मा प्रकाशित

laxmi  sunrise bank

खेल मैदानमा पानी जमेपछि आज पनि आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल हुन सकेको छैन । नेपाली समय अनुसार, बिहान सवा सात बजेदेखि सुरु हुनुपर्ने खेल मैदानमा पानी जमेका कारण अझै सुरु हुन नसकेको छैन । 

आइतबार हङकङमा लेभल एटको तुफानसँगै भएको भारी वर्षाका कारण मैदानमा पानी जम्न पुगेको छ ।  आइतबार नै हुनुपर्ने खेल तुफानका कारण आजलाई सारिएको थियो ।

यसअघि गत शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली हङकङसँग ८३ रनको पराजय ब्यहोरेको थियो ।  आजको खेल स्थगित भएमा दुवै टोलीले एक–एक अंक बाँड्नेछन् । यस नतिजाले नेपाल आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा पुग्न असफल हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved