इपिएलमा चार खेलाडी बने सर्वाधिक महँगा, ६ टिमका लागि ६० खेलाडी बिक्री

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 23, 2017 | 05:07:48 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको लिलामबाट चार खेलाडी अधिकतम मुल्यमा बिक्रि भएका छन। इपिएलको सोमबार भएको लिलामबाट राष्ट्रिय टोलिका खेलाडीहरु सन्दिप लामिछाने, विनोद भण्डारी, करण केसी र आरिफ शेख सबै भन्दा महँगो मुल्यमा बिक्रि भएका छन। 

पहिलो श्रेणीका चारै खेलाडी १ लाख ७५ हजार रुपैयाँमा बिक्री भएका हुन् । यस श्रेणीका खेलाडीका लागि अधिकतम मूल्य १ लाख ७५ हजार नै राखिएको थियो। 

मार्क्यु खेलाडी बाहेक यी चार खेलाडी यस सिजनको इपिएलको महंगा खेलाडी बन्न सफल भएका छन। ए श्रेणीका लागि सन्दिप लामिछाने र आरिफ शेखको मापदण्ड पुरा नभएतापनि उनीहरु क्षमतावान खेलाडी भएकाले ए श्रेणीमा राखिएको हो। ए श्रेणीमा पर्न कम्तिमा ३ वर्षबाट राष्ट्रिय टोलीमा खेलेको हुनुपर्ने प्रावधान राखिएको थियो। 

लिलाममा युवा स्पिनर सन्दिप लामिछानेलाई ललितपुर प्याट्रीयट्सले अधिकतम मुल्यमा खरिद गर्दा आरिफलाई भैरहवा ग्लाडीयटर्सले किनेको हो। त्यस्तै विकेट किपर ब्याट्सम्यान बिनोदलाई पोखरा राइनोजले किन्दा करणलाई विराटनगर वारिवर्सले आफ्नो टोलीमा भित्र्याएको छ। चार खेलाडीलाई एक भन्दा बढी टोलीले अधिकतम रकम बोली लगाएको कारण गोलाप्रथाबाट उनीहरु छानिएका हुन् । 

लिलामका लागि १६० खेलाडीले नाम दर्ता गराए पनि इपीएलको छनोट कमिटीले ९० खेलाडी अक्सनमा राखेको थियो। लिलाममा राखीएका ९० खेलाडी मध्ये ६० जनालाई विभिन्न ६ टोलिले किनेको छ।

पहिलो श्रेणीका खेलाडीको न्यूनतम मूल्य १ लाख र उच्चतम १ लाख ७५ हजार रूपैयाँ रहेको थियो । दोस्रो श्रेणीको खेलाडीको न्यूनतम मूल्य ७५ हजार र तेस्रो श्रेणीका खेलाडीको ५० हजार रुपैयाँ राखिएको थियो। 

लिलाममा प्रत्येक टिमले १०–१० खेलाडी आफ्नो टिममा भित्र्याएका छन् । योसँगै अब एक टिममा ११ खेलाडी आबद्ध भएका छन् । यसअघि १-१ खेलाडी मार्की खेलाडीका रुपमा आबद्ध भएका थिए । अब एक टिममा ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छानिनेछ। यस्तै एक जना मार्केट प्लेयर पनि राख्न पाउने छ।

सहभागी टोलि मध्ये ललितपुर प्याट्रियोट्सका मालिक किशोर महर्जन,काठमाडौं किंग्स इलेभेनका मालिक रोहित गुप्ता, विराटनगर वारियर्सका मालिक विशाल अग्रवाल, पोखरा राइनाेजका मालिक साहिल अग्रवाल,भैरहवा लिजेण्ड्सका मालिक आदित्य सांघाइ र चितवन टाइगर्सका मालिक किशोर भट्टराई छन।  

त्यसैगरी टोलीका मार्की खेलाडीमा काठमाडौं किंग्स एलेभेनमा सोमपाल कामी, ललितपुर प्याट्रियोट्समा ज्ञानेन्द्र मल्ल, भैरहवा लिजेण्ड्समा शरद भेस्वाकर, विराटनगर वारियर्समा पारस खड्का, पोखरा राइनाेजमा शक्ति गौचन तथा चितवन टाइगर्समा दीपेन्द्र एेरी रहेका छन्। माक्र्यु खेलाडीको न्युनतम पारिश्रमिक २ लाख रहेको छ ।   

लिलाममा टिम मालिक, माक्र्यु खेलाडी र प्रशिक्षक रहेका थिए । इपीएलको मार्क्यु खेलाडी र टिम मालिक यसअघि नै सार्वजनिक भैसकेको छ । एक टिमले खेलाडी किन्न ९ देखी १० लाखसम्म खर्च गर्न पाउने प्राबधान थियो।        

आगामी डिसेम्बरमा हुने प्रतियोगिताको अक्सनको लागि इपीएलले असोज ९ देखी २३ सम्म खेलाडी दर्ता खुला गरेको थियो  । अक्सनबाट महेश क्षेत्री, मन्जित श्रेष्ठ, चन्द्र साउद, हासिम अन्सारी जस्ता खेलाडी बिक्री भएनन् । बिक्री नभएका खेलाडीहरुलाई कुनै टिमका खेलाडी घाइते भएका क्लबले न्युनतम रकम तिरेर किन्न सक्नेछन् ।

आगामी डिसेम्बरबाट सुरु हुने प्रतियोगितामा सहभागी प्रत्येक टिमले एक अर्कासंग एक एक खेल खेल्नेछन। शिर्ष चार टोलि प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ। इपिएलको विजेताले २१ लाख प्राप्त गर्नेछन् । 


अक्सनबाट बिक्री भएका खेलाडी र टिम 

काठमाडौं किंग्सः

नरेश बुढाएर, सागर पुन, राजु रिजाल, जितेन्द्र मुखिया,अमित श्रेष्ठ, सुशील कंडेल, पुरन बिके, विक्रम भुसाल, सिद्धान्त लोहनी र अमर सिंह राउटेला


ललितपुर प्याट्रीयट्सः

महबुब आलम, सन्दिप लामिछाने, सोनु तामाङ, ललित राजबंशी, कुशल भुर्तेल, शंकर राना, राजबिर सिंह, पवन शर्राफ, रशिद खान र सन्दिप जोरा


विराटनगर वारियर्सः

करण केसी, वसन्त रेग्मी, आसिफ शेख, अभिनाश कर्ण, प्रनित थापा मगर, पुष्प थापा, अनिल कुमार साह, आकाश विष्ट, राम नरेश गिरि र सुमित महर्जन


पोखरा राइनोजः

विनोद भण्डारी, सुनिल धमला, राजेश पुलामी मगर, सौरभ खनाल, सुसन भारी, विक्रम सोब,किशोर महतो, बिपिन खत्री, नुरधोज सेन र सन्तोष भट्ट


चितवन टाइगर्सः

सुबास खकुरेल, पृथु बास्कोटा, साहब आलम, सन्दिप सुनार, दिलिप नाथ, ललित नारायण भण्डारी, सुनम गौतम, योगेन्द्र कार्की, कमल सिंह ऐरी र  भिम सार्की


भैरहवा ग्लाडीयटर्सः

आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, प्रकाश केसी, दिपेश श्रेष्ठ, प्रदिप ऐरी, रोहित कुमार पौडेल, भुपेन्द्र थापा, हरिशंकर साह र अभिनाश बोहोरा


यो पनि:

एभरेष्ट प्रिमियर लिगका टिम मालिक र कप्तान सार्वजनिक

ईपिएल र एपीवानबीच ३ करोडको ब्रोडकास्टिङ सम्झौता



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved