बिश्वकप छनौट चरणको बाँकि खेल आज रातीबाट सुरु हुदै, ९ स्थानको लागि २० देशको रोचक भिडन्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2017 | 03:58:32 PM मा प्रकाशित

laxmi  sunrise bank

२०१८ मा हुने ब्राजिलमा हुने बिश्वकपको लागि छनौट चरणका बाँकी खेलहरु आज बिहिबार राति बाट सुरु हुने छन्  । जस अन्तर्गत आज राती २ खेल हुदै छन्  । 

आज राती क्रोएसिया र ग्रिस तथा उत्तरी आयरल्याण्ड र स्विजरल्याण्ड भिड्ने छन्  । दुवै खेल नेपाली समय अनुसार आज राती १:३० बजे सुरु हुनेछ । यो दुवै पहिलो चरणको खेल हो । दोस्रो चरण खेलेपछि समग्रमा हुने बिजेताले बिश्वकपमा स्थान बनाउने छ  । 

हालसम्म २३ टिमले बिश्व लागि स्थान बनाई सकेका छन्  । ३२ राष्ट्र सहभागी हुने बिश्वकपको लागि अब ९ राष्ट्र छनौट हुन् बाँकी छ  । ति ९ स्थानको लागि २० देशले प्रतिस्पर्धा गर्ने छन्  । अर्थात् अझै २० देशको बिश्व खेल्न सक्ने सम्भावना कायम नै छ  । 

अर्जेन्टिना र  पोर्चुगल अन्तिम खेलपछि मात्र छनोट हुन सफल भए भने आइसल्याण्ड  र पानामाले विश्वकपमा पहिलो पटक छनोट भएर इतिहास रचे ।

उता अफ्रिकन च्याम्पियन क्यामरुन, दक्षिण अमेरिकी च्याम्पियन चिली र उत्तर अमेरिकी च्याम्पियन अमेरिका भने छनौट हुन्छ असफल रहे । त्यस्तै चिली, नेदरल्याण्ड्स, वेल्स र युक्रेन पनि छनौट हुन् असफल रहे ।

यस्ता छन् हालसम्म छनौट भएका २३ राष्ट्र ।

रसिया (आयोजक), अर्जेन्टिना, बेल्जियम, ब्राजिल, कोलम्बिया, कोस्टा रिका, इजिप्ट, इंग्ल्यान्ड, फ्रान्स, जर्मनी,  आईसल्याण्ड, इरान, जापान, मेक्सिको, नाइजेरिया, पनामा, पोल्याण्ड, पोर्चुगल, साउदी अरेबिया , सर्बिया, साउथ कोरिया, स्पेन र उरुग्वे  ।

अब छनौट हुन् बाँकी ९ देश मध्ये ३ देश अफ्रीकाबाट आउने छन्  ।

अफ्रीकाबाट छनौट हुन् सक्ने राष्ट्रहरु :

समूह ए बाट : टुनिसिया र कंगो 

समूह सी बाट : मोरोको र आइभोरी कोस्ट 

समूह डी बाट : सेनेगल , बुकिना फासो, केप भर्दी, र दक्षिण अफ्रीका (यस समुहमा २ देशले समान २ खेल र अन्य २ देशले समान १ खेल खेल्न बाँकी रहेकाले सबै ४ टोलीको छनौट हुने सम्भावना कायम नै छ  ।)

समूह बि बाट नाइजेरिया र समूह ई बाट इजिप्ट छनौट भैइसकेका छन्  । हरेक समुहको समूह बिजेता छनौट हुने छ  ।


त्यस्तै अब छनौट हुन् बाँकी ९ देश मध्ये ४ देश युरोपबाट छनौट हुनेछन्  । यी ४ स्थानको लागि निम्न ८ देशले प्रतिस्पर्धा गर्ने छन्  ।

स्विजरल्याण्ड, इटाली, डेनमार्क, क्रोएसिया, स्विडेन, नर्दन आयरल्याण्ड, ग्रिस र रिपब्लिक अफ आयरल्याण्ड  ।  

 यी टोलीले होम र अवे गरी २ खेल खेल्ने छन् र २ खेलपछि समग्रमा ४  बिजेता टोलीले बिश्वकपमा स्थान बनाउने छन्  । 


अफ्रीकाबाट ३ र युरोपबाट ४ पछि बाँकि  इन्टर कन्टिनेन्टल प्लेअफको २ बिजेताले बिश्वकपमा स्थान बनाउने छन्  । 

अस्ट्रेलिया, होन्डुरस , न्युजिल्यान्ड र पेरुले  इन्टर कन्टिनेन्टल प्लेअफमा स्थान बनाएका छन्   । 

अब अस्ट्रेलियाले होन्डुरससंग २ खेल खेल्ने छ र समग्रमा हुने बिजेताले बिश्वकपमा स्थान बनाउने छ  ।  त्यस्तै न्युजिल्यान्डले  पेरुसंग २ खेल खेल्ने छ र समग्रमा हुने बिजेताले बिश्वकपमा स्थान बनाउने छ  ।

  

बिश्वकप आगामी १४ जुनदेखि १५ जुलाई सम्म चल्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved