स्विट्जरल्याण्ड र क्रोएशिया विश्वकपमा छनोट हुने संभावना बलियो, आज दुई महत्वपूर्ण खेल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 10, 2017 | 05:59:43 AM मा प्रकाशित

laxmi  sunrise bank

स्विट्जरल्यान्ड र क्रोयसियाको रुसमा हुने विश्वकप फुटबल प्रतियोगितामा छनौट हुने सम्भावना बलियो बनेको छ। यूरोपेली समुहको प्ले अफ्अन्तर्गतको कात्तिक २३ गते राति भएको पहिलो लेगका खेलहरु जित्दै क्रोएसिया र स्विट्जरल्याण्ड विश्वकप नजिक पुगेका हुन् ।

प्ले अफ पहिलो लेगको खेलमा स्विट्जरल्यान्डले नर्दन आयरल्याण्डलाई १-० ले हरायो। स्विट्जरल्यान्डका लागि रिकार्डो रोड्रिग्वेजले ५८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको यस खेलमा रोड्रिग्वेजको उक्त गोल नै निर्णायक बन्यो।   

त्यस्तै प्ले अफ अन्तर्गतकै अर्को खेलमा क्रोएशियाले ग्रिसलाई ४-१ ले हरायो । क्रोएशियाका लागि लुका मोड्रिच, निकोला कालिनिच, इभाँ पेरिसिच र आन्द्रे क्रामारिचले एक एक गोल गरे । 

Croatia have all but confirmed a spot at the World Cup after a dominant display against Greece

यो दुवै पहिलो चरणको खेल हो । दोस्रो चरण खेलेपछि समग्रमा हुने बिजेताले बिश्वकपमा स्थान बनाउने छ। हालसम्म २३ टिमले बिश्व लागि स्थान बनाई सकेका छन्  । ३२ राष्ट्र सहभागी हुने बिश्वकपको लागि अब ९ राष्ट्र छनौट हुन् बाँकी छ  । ति ९ स्थानको लागि २० देशले प्रतिस्पर्धा गर्ने छन्  । अर्थात् अझै २० देशको बिश्व खेल्न सक्ने सम्भावना कायम नै छ  ।

युरोपेली समुहको अर्को प्ले अफ् खेल आज राती दुई बलिया टिम ईटाली र स्विडेनबिच हुनेछ । यसैगरी युरोपबाट डेनमार्क र आयरल्याण्डले पनि प्ले अफ् खेल खेल्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved