भारत माथि ऐतिहासिक जित हासिल गरेको खुसियालीमा बिजयी जुलुस (फोटोफिचर)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2017 | 08:46:08 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा जारी एसिसी यु १९ एसिया कपमा नेपालले समूह चरणको खेलमा भारत माथि ऐतिहासिक जित हासिल गरेको खुसियालीमा चितवनमा बिजयी जुलुस निकालिएको छ । नेपालले आइतबार भारतलाई १९ रनले पराजित गरेको थियो । आईसीसीले आधिकारिकता दिएको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले भारतलाई पराजित गरेको यो नै पहिलो अवसर हो  ।

नेपालले बिजयी हासिल गरेकोमा खेलाडीहरुलाई बधाईको ओईरो लागेको छ । यसै क्रममा नेपाली क्रीकेट समर्थक समाज , चितबनले जिल्लामा बिजयी जुलुस आयोजना गरेको हो  । जिल्लाका क्रिकेटप्रेमीहरुको उलेख्य सहभागितामा रहेको जुलुस  चौविसकोठि – हाकिम चोक भरतपुर अस्पताल हुँदै पुन चौविसकोटि चोकमा आई समापन गरिएको नेपाली क्रीकेट समर्थक समाज , चितबनले जनाएको छ ।

र्यालीमा समर्थकहरुले 'नेपाली क्रिकेट छायो , आयो गोर्खाली आयो', 'खेलाडी गर्जिए सारामा , विर गोर्खाली पारामा', 'खेलाड़ी देशको मायामा , समर्थक त्यसकै छायामा ', बुद्धको देश भन्यौ , भन्यौ सगरमाथाको देश , अब हामी भन्छौ, क्रिकेटको देश नेपाल' लगायतका नारा लगाएका थिए  ।

त्यस्तै समर्थक समाजले राष्ट्रिय झन्डाको आकार दिई चौविसकोठी चोक,भरतपुरमा दिप प्रज्वलन कार्यक्रम समेत गरेको थियो ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved