नेपालद्वारा अफगानिस्तानलाई १०४ रनको लक्ष्य, अफगानिस्तान जवाफी ब्याटिङमा (लाइभ)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 17, 2017 | 07:54:06 AM मा प्रकाशित

laxmi  sunrise bank

एसीसी यु–१९ एसिया कप क्रिकेटको फाइनलमा पुग्ने लक्ष्य सहित नेपालले अफगानिस्तानसंग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कम्जोर सुरुवात गरेको छ।

अफगानिस्तानले १०४ रनको लक्ष्य सहित जवाफी ब्याटिङ थालेको छ। अफगानिस्तानका इब्राहिम जाद्रान र रमुनुल्लाह गुर्बाज ओपनिङ ब्याटिङ्ग गर्न आएका छन् ।

टस हारेर पहिले ब्याटिंङ गरेको नेपालले २८ ओभरमा अलआउट हुँदै मात्र १०३ रन जोड्न सक्यो। फगानिस्तानको किफायती बलिङसामु नेपालका अनिल कुमार साहले अर्धशतक बनाउनुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन ।

९ रन जोड्दा २ विकेट गुमाएको नेपालको लागि अनिलले ५७ बलमा ७ चौका र १ छक्कासहित ५० रन बनाए । नेपालका साहब आलम ७ रनमा अविजित रहे । 

नेपालका लागि पवन शार्रफले ८, सन्दिप लामिछानेले ७  तथा कप्तान दिपेन्द्र सिहं ऐरी  र  भिम सार्कीले समान ६ – ६ रन जोडे  । यस्तै आसिफ शेख सुन्य रनमा आउट हुँदा रोहित कुमार पौडेल ४ र जितेन्द्र सिंह १ रनमा बनाएर पेभेलियन फर्किए। नेपाललाई सस्तोमा समेट्दै  अफगानिस्तानका मुजिब उर रहमानले एक्लैले ६ विकेट लिए भने अहमद कमवालले २ विकेट लिए ।

पहिलो पटक सेमिफाइनलमा पुगेको नेपाल आजको खेल जित्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिएको हो। यद्दपी कमजोर ब्याटिङ गरेको नेपालको सम्भावना कठिन देखिएको छ। नेपाल र अफगानिस्तानबीचको बिजेताले उपाधिका लागि आइतबार पाकिस्तानसंग भिड्नेछ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved