महिला विश्व टी-२० एसिया छनोट : नेपालको पहिलो जित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 24, 2017 | 11:57:29 AM मा प्रकाशित

laxmi  sunrise bank

थाइल्याण्डको बैंककमा जारी आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित निकालेको हो ।

 टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो। नेपालका लागि ज्योति पाण्डे र सीता रानामगरको प्रारम्भिक जोडीले ६६ रनको साझेदारी गरेको थियो। विकेटकिपर ब्याट्सवुमन ज्योति २१ रन बनाएर क्याच आउट भइन्।


१ सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा ७५ रन मात्र बनाउन सक्यो। नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन्। सोनु खड्का, सीता रानामगर, नेरी थापा र ऋतु कनौजियाले १–१ विकेट लिए। 

 अब नेपालले अन्तिम खेलमा आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालको पहिलो २ खेल वर्षाको कारण प्रभावित हुँदा नेपाल अंक बाड्न बाध्य भएको थियो भने तेस्रो खेलमा नेपाल पराजित भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved