मेस्सीले गरे नयाँ सम्झौता, थप ४ बर्ष बार्सिलोनामै रहने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 25, 2017 | 07:47:45 PM मा प्रकाशित

laxmi  sunrise bank

चौथो पटक गोल्डेन बूट जितेर रोनाल्डोसंग बराबरी गरेका फरवार्ड लिओनल मेस्सीले बार्सिलोनासंग नयाँ सम्झौता गरेका छन। यस सम्झौता अनुसार मेसिले २०२०-२१ सिजनसम्म बार्सिलोनाका लागि खेल्नेछन। 

१३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका मेस्सीले थप ४ बर्ष क्लबमा रहेर खेल्नका लागि बाइआउट क्लज ७०० मिलियन युरोको सम्झौता गरेका छन। 

मेस्सीले बार्सिलोनालाई ८ स्पेनिस लिग उपाधि दिलाएका छन भने चार पटक च्याम्पियन्स लिग ट्रफी जिताएका छन। उनले बार्सिलोनाका लागि ६०२ खेल खेल्दै ५२३ गोल गरेका छन।   

मेस्सीले बार्सिलोनासंगको सम्झौता सकिन एक बर्ष बाँकी रहंदा नै थप ४ बर्षका लागि सम्झौता गरेका हुन। उनको पूर्व सम्झौता अर्को वर्ष सकिँदै थियो ।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved