पाकिस्तानका कमरान अकमल र सलमान बटले बनाए विश्व कीर्तिमान

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 26, 2017 | 08:37:02 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानका विकेट किपर कमरान अकमल र ब्याट्सम्यान सलमान बटले टि-२० क्रिकेटमा बिश्व किर्तिमान बनाएका छन। उनीहरुले टि-२० क्रिकेटमा सबै भन्दा ठुलो साझेदारी गरि बिश्व किर्तिमान बनाएका हुन। 

पाकिस्तानको राष्ट्रिय टि–२० प्रतियोगितामा यी दुई व्याट्सम्यानले पहिलो विकेटका लागि २ सय ९ रन बनाएका थिए । लाहोर व्हाइट्सबाट खेल्दै उनीहरूले इस्लामाबाद विरुद्ध यो कीर्तिमान रचेका हुन् । 

कमरानले १२ छक्का र १४ चौकाको सहयोगले अविजित १ सय ५० रन बनाएका थिए । यस्तै, बटले पनि ४९ बलमा ५५ रन बनाए ।  रावलपिन्डीमा भएको यो खेलमा इस्लामाबाद एक सय रन बनाएर समेटिएको थियो । लाहोरले याे खेल १ सय ९ रनले जित्यो । 

यसअघि इंग्लिस क्लब केन्टका लागि जेएल डेनली र डिजे बेलले पहिलो विकेटका लागि २ सय ७ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए । डेनली–बेल जोडीले इंग्लिस काउन्टीमा एसेक्स विरद्ध यो कीर्तिमान बनाएका हुन् । कमरान र बटको जोडीले गरेको साझेदारी क्रिकेटको कुनै पनि फरम्याटमा तेस्रो ठुलो साझेदारी पनि हो ।

साथै कमरानले विकेटकिपर व्याट्सम्यानको रूपमा १ सय ५० रन बनाउने पहिलो खेलाडी पनि बन्न पुगेका छन् । उनले दक्षिण अफ्रिकाका क्वान्टन डी ककको कीर्तिमानलाई पछाडि पारेका हुन् । डी ककले अविजित १ सय २६ रन बनाएका छन् । सलमान बट स्पट फिक्सिङ काण्डमा पाँच वर्ष प्रतिबन्धमा परेका थिए । प्रतिबन्ध फुकुवा भएपछि उनी पाकिस्तानको घरेलु क्रिकेटमा सक्रिय छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved