बंगलादेशलाई हराउँदै नेपालले जित्यो उपाधि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 16, 2017 | 04:29:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले प्रथम अन्तर्राष्ट्रिय ह्विल चेयर त्रिकोणीय टि– ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । फाइनलमा बंगलादेशलाई ५४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा नेपालले दिएको १६१ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८ ओभर २ बलमा आउट हुँदै मात्र १०६ रन जोड्यो। बंगलादेशका मोर्सेद आलमले २० तथा उज्जल वैरागीले १७ रन बनाए। बंगलादेशलाई सस्तोमा नै समेट्न नेपालका लागि बिपिन पौडेलले ३ विकेट लिए। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १६० रन बनाए। नेपालका लागि डिगम चेम्जोङ लिम्बु र नविन राईले अर्धशतकीय पारी खेले । डिगमले ७९ रन जोड्दा नविनले ५९ रन बनाए । बंगलादेशका रिपोन उद्दीनले ३ विकेट लिए ।

नेपाल व्हील चेयर क्रिकेट एसोसिएसनको आयोजनामा भएको प्रतियोगिताको उपाधिसँगै नेपालले ट्रफी मेडल तथा प्रमाणपत्र समेत प्राप्त गरेको छ। उपविजेता बंगलादेशले पनि ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्यो। 

प्रतियोगितामा नेपालका डिगम चेम्जोङले उत्कृष्ट खेलाडीको उपाधि जिते भने  नविन राई उत्कृष्ट ब्याट्सम्यान, विपिन पौडेल उत्कृष्ट बलर र राजु गुरुङ उत्कृष्ट विकेटकिपर चुनिए । प्रतियोगितामा नेपालसहित भारत र बंगलादेशको टोलीको सहभागिता रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved