नेपालद्वारा युएई ४ विकेटले पराजित, कप्तान पारस खड्काको महत्वपूर्ण प्रदर्शन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 11, 2018 | 07:37:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले युएईलाई ४ विकेटले पराजित गरेको छ। नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई पराजित गरेको हो। 

११५ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा २८.५ ओभरमा पुरा गरेको छ । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै ५१ रन बनाउदै अर्धशतक प्रहार गरे । उनले ५ छक्का र २ चौका प्रहार गर्दै ४२ बलमा अर्धशतक बनाए। त्यस्तै, नेपालको जितमा आरिफ शेखले १६ रन,रोहित कुमार पौडेलले अविजित १२ र सोमपाल कामीले अविजित १० रनको योगदान दिए ।

टस हारेर ब्याटिङ गरेको युएईले ३१ ओभरमा सबै विकेट गुमाउदै ११४ रन बनाएको थियो । वर्षाको कारण ३४ ओभरमा छोट्याइएको खेलमा युएईका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् ।

नेपाली खेलाडीको धारिलो बलिङसामु युएईका ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन। युएईका शइमन अनवरले ३० रन बनाए । त्यस्तै, एड्नान मुफ्तीलाई १८, घुलाम सब्बिरलाई १६, मोहम्मद बोतालाई १५ मोहम्मद नाभिदले १० रन बनाएका थिए ।

नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए । उनले ७ ओभरमा ३० रन खर्चेर ४ विकेट लिएका हुन् । त्यस्तै, सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ७ ओभरमा १ मेडन ओभरसहित ३० रन खर्चेर ३ विकेट लिए । कप्तान पारस खड्काले २ र करण केसीले १ विकेट लिए।

३ खेलमा २ मा जित र एकमा हार बेहोरेको नेपाल समुहमा ४ अंक सहित दोस्रो स्थानमा छ। केन्या र नामिबियाले दुई खेल खेल्दा नेपाल सहित  अन्य ४ राष्ट्रले भने ३ खेल खेलेका छन।  

नेपाल, ओमन, युएई, क्यानडा, नामिबिया, केन्या गरि ६ राष्ट्रको सहभागिता रहेको नेपालको लागि यो डिभिजन टु निकै महत्वपूर्ण रहेको छ । शीर्ष दुई स्थानमा पर्ने टिम विश्वकप छनोटमा प्रवेश गर्ने हुँदा पनि यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved