युवा खेलाडी सन्दीपलाई सानिमाको सम्मान, प्रायोजन राशि दोब्बरले वृद्धि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 22, 2018 | 05:46:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नामिबियामा सम्पन्न डिभिजन टु प्रतियोगिताको उपविजेता बनेर विश्वकप छनौटमा स्थान बनाएको नेपाली क्रिकेट टोलीका सदस्यहरु यतिबेला सम्मान र प्रायोजन सम्झौता गर्न व्यस्त छन। 

सरकार तथा कर्पोरेट क्षेत्र अहिले खेलाडीहरुलाई प्रायोजन तथा सम्मान गर्न 'हौसिएका' छन। खेल र खेलाडी प्रतिको सम्मान र साथले नेपाली क्रिकेटरहरुमा उत्साह बढाएको छ। 

यसैक्रममा सानिमा बैंकले  सानिमा बैंकले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र सन्दिप लामिछानेलाई सम्मान गरेको छ। बैंकले युवा क्रिकेटर सन्दीप लामिछानेलाई दुई वर्षको प्रायोजन सम्झौता गरेको छ।    

सन्दीपले मासिक ४० हजारको दरले दुई वर्षमा जम्मा नौ लाख ६० हजार रुपैयाँ पाउनेछन्।यसअघि पनि सन्दीपलाई २ वर्ष प्रायोजन गरेको सानिमाले मासिक रकम दाेब्बर बनाएको छ। उनले यसअघि मासिक २० हजार रुपैयाँ पाउने गर्थे।

बैंकका ब्राण्ड एम्बेसडर मदन कृष्ण र हरिबंश आचार्यले दुवै खेलाडीलाई सम्मान गर्दै 'मोमेन्टो' प्रदान गरेका छन। साथै बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै युवा खेलाडी सन्दिप लामिछानेसंग बैंक बिगत २ बर्षदेखि जोडिन पाएकोमा खुसि ब्यक्त गरे। 

कप्तान पारस खड्काले कर्पोरेट क्षेत्रबाट सहयोग भएकाले खेलाडीहरुलाई खेलमा मात्रै ध्यान दिन सहयोग पुगेको धारणा राखे। साथै सन्दिप लामिछानेले बिगत दुई बर्षदेखि सानिमा बैंकको साथ पाएकोमा धन्यवाद दिंदै क्रिकेटमा अझै राम्रो प्रदशन गर्ने प्रतिबद्दता गरे।    



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved