सन्दिप लामिछानेले क्यारेबियन लिगपनि खेल्ने निश्चित, यस्तो छ उनको पारिश्रमिक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 02, 2018 | 08:11:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले क्यारेबियन प्रिमियर लिग खेल्ने निश्चित भएको छ। सीपीएलको सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले लामिछानेलाई ५ हजार अमेरिकी डलरको बोली लगाएको छ।  

भारतको चर्चित प्रतियोगिता आइपीएलमा लामिछाने दिल्ली डेयर डेभिल्समा आवद्ध छन। विश्वकप छनौट खेल्न जिम्बाब्वे रहेका लामिछाने उक्त प्रतियोगित पश्चात आइपीएल खेल्न भारत जानेछन।     

क्लबले सन्दिप क्यारेबियन लिगमा पूर्ण उपलब्ध हुने अपेक्षा गरेको छ । वेष्टइण्डिजमा हुने यो लिगको टिम सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सको कप्तान क्रिस गेल हुन् । सन्दिपले पनि लिगमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved