बिश्वकप छनौट: यस्ता छन् आज हुने ४ खेल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 06, 2018 | 08:48:55 AM मा प्रकाशित

laxmi  sunrise bank

जिम्बाबेमा जारी एक दिवशीय विश्वकप क्रिकेट छनौट प्रतियोगितामा आज मंगलबार ४ खेल हुदै छन् । आज समूह ए को २ र समूह बि को २ गरी चार खेल हुन् लागेका हुन् ।

आज समूह ए अन्तर्गत आयरल्याण्ड र पपुवा न्यु गिनी तथा युएई र वेस्ट इन्डिजले प्रतिस्पर्धा गर्ने छन् । आयरल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्डलाई पराजित गरेको थियो भने युएईले पपुवा न्यु गीनीलाई पराजित गरेको थियो । वेस्ट इन्डिजले भने आज पहिलो खेल्न लागेको हो ।

त्यस्तै आज समुह बि अन्तर्गत हंग कंग र स्कटल्याण्ड तथा जिम्बाबे र अफगानिस्तान भिड्ने छन् । अफगानिस्तान पहिलो खेलमा स्कटल्याण्डसंग पराजित भएको थियो भने जिम्बाबेले नेपाललाई पराजित गरेको थियो । हंगकंगले भने आज पहिलो खेल खेल्न लागेको हो ।

आजको सबै खेल नेपाली समय अनुसार १:१५ बजे सुरु हुनेछ ।

समुहको शिर्ष ३ स्थानमा पर्ने टोलीले सुपर सिक्समा स्थान बनाउने छन् र ति मध्येबाट उत्कृष्ट २ टोलीले सन् २०१९ मा हुने एक दिवशीय बिश्वकप खेल्न पाउने छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved