स्कटल्याण्ड बिरुद्द पारसको अर्धशतक, नेपालको १०० रन पुरा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 08, 2018 | 01:12:15 PM मा प्रकाशित

laxmi  sunrise bank

 जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल आज बिहीबार स्कटल्याण्डसँग खेलिरहेको छ। 

खेलमा नेपाली टोलीका कप्तान पारस खड्काले स्कटल्याण्ड बिरुद्द अर्धशतक बनाएका छन् ।  खड्काले ६६ बलमा ८ चौकाको मद्दत आफ्नो ५० रन पुरा गरेका हुन्   ।  

ताजा अवस्थामा  २८ ओभरको अन्त्यमा नेपालले ६ विकेटको क्षतिमा १००  रन जोडेको छ  ।   

नेपालका ओपनर हरु सस्तैमा आउट भएका छन् । ज्ञानेन्द्र मल्ल १ रन, दिलिप नाथ ४ रन, दिपेन्द्र एरीले १ रन तथा शरद भेषवाकर ० रन मै आउट भए । त्यस्तै आरिफ शेखले २ तथा सोमपाल कामीले १८ रन जोडे ।  

जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा  खेल भईरहेको हो । नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ । नेपालले अहिलेसम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन । 

चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने विश्वकप क्रिकेट लिगको दुवै खेलमा पनि नेपाल पराजित भएको थियो । यही फागुन २० गते भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्डले दुवैमा जित हासिल गरेको थियो । 

स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले हराएको थियो । नेपाल सुपरसिक्समा पुग्नै पर्ने दबाबमा छ । पहिलो खेलमा हार बेहोरेको नेपालले बाँकी तीन खेलमध्ये दुई खेलमा जितका साथै राम्रो नतिजा ल्याउन आवश्यक छ । 

समूह ‘बी’ मा रहेको नेपालले स्कटल्याण्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । चार अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा छ भने समान चार अंक नै जोडेको जिम्बानेपालको खराब सुरुवात : ५ ओभरमा ४ विकेट गयो वे रनरेटको आधारमा दोस्रो स्थानमा छ । दुई खेल खेलेको अफगानिस्तान अंकविहीन रहँदै तेस्रो स्थानमा छ भने समान एक÷एक खेल खेलेका हङकङ र नेपाल क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । दुवै टोली अंकविहीन छन् । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved