विश्वकप क्रिकेट छनौट: नेपालको सुपर-६ मा पुग्ने सम्भावना लगभग समाप्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 11, 2018 | 06:24:44 AM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसी विश्वकप छनोट प्रतियोगितामा तेस्रो पराजयसंगै नेपालको सुपर-६ मा पुग्ने सम्भावना लगभग समाप्त भएको छ।  आफ्नो तेस्रो खेलमा समेत नेपाल अफगानिस्तानसंग पराजित भएसंगै सुपर-६ मा पुग्ने नेपालको सम्भावना लगभग समाप्त भएको हो। 

अफगानिस्तानसंग पराजित भएसंगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना लगभग सकिएको छ। सुपर सिक्समा पुग्नका लागि नेपालले हङकङलाई भारी अन्तरले पराजित गर्नुपर्नेछ भने अफगानिस्तान र हङकङलाई रनरेटमा पछि पार्ने सम्भावना पनि छ। तर प्रतियोगितामा एक खेल पनि नजितेको नेपालबाट यस्तो अवस्था शृजना हुन सक्ने सम्भावना एकदम न्यून छ।

अन्तिम खेलमा सोमबार हङकङलाई फराकिलो अन्तरमा हराउन सके नेपाल, अफगानिस्तान र हङकङमध्ये रनरेटका आधारमा छनोट हुने सम्भावन बाँकी रहन्छ।

१ जित हाँसिल गरिसकेकोले हङकङले नेपाललाई पराजित गरे उ सुपर सिक्स चरण पुग्नेछ भने नेपालले हङकङलाई पराजित गरेको खण्डमा नेपाल, अफगानिस्तान र हङकङको समान २ अंक हुनेछ र अंकतालिकामा उत्कृष्ट हुने टिम सुपर सिक्स प्रवेश गर्नेछ।

तर नेट रन रेट निकै कमजोर रहेको नेपालले हङकङलाई ठूलो अन्तरले पराजित गरे पनि सम्भावना कम रहेको छ। नेपालको नेट रन रेट -१५४६ रहेको छ भने अफगानिस्तानको ०.०३८ र हङहङको -१.२४६ छ। यस कारण नेपालको सुपर सिक्स पुग्ने सम्भावना लगभग समाप्त भएको छ।

नेपालले हङकङलाई १५०-२०० रन अन्तरले पराजित गर्ने हो अथवा हङकङले दिएको लक्ष्य १५-२० ओभरमा पुरा गर्ने हो भने मात्र नेपालले अफगानिस्तानलाई नेट रनरेटमा जित्न सक्छ र सुपर सिक्स छनोट हुन सक्छ।

आफ्नो चौथो खेलमा जित निकालेको अफगानिस्तानको भने सुपर सिक्समा पुग्ने सम्भावनामा मजबुत बनेको छ। नेपालले आफ्नो अन्तिम खेलमा हंगकंगलाई पराजित गरेको अवस्थामा त्यसले अफगानिस्तानलाई फाइदा पुग्नेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved