फुटबलमा आज 'हेभिवेट' भिडन्त: ब्राजिल र जर्मनी, स्पेन र अर्जेन्टिना भिड्दै

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 27, 2018 | 05:25:48 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा मंगलबार राति महत्वपूर्ण २ खेल हुँदैछन् । 

रसियामा हुने विश्वकपको तयारीमा रहेका जर्मनी र ब्राजिल राती १२ः३० बजे आमने सामने हुँदा स्पेन र अर्जेन्टिना  १ः१५ बजे भिड्दैछन् । स्पेन र अर्जेन्टिना  एथ्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा खेल्नेछन् । 

चर वर्ष अघि विश्वकपमा घरेलु मैदानमा ७–१ को हार बेहोरेको ब्राजिल चार वर्षअघिको हारको बदला लिने दाउमा छ । 

यस अघि भएका मैत्रिपूर्ण खेलमा अर्जेन्टिना ले लियोनल मेसीबीना इटालीलाई २–० गोलले पराजित गरेको थियो भने स्पेनले भने विश्वकप विजेता राष्ट्र जमर्नीसँग १–१ गोलको बराबरी खेलेको थियो ।

चोटको कारण इटाली विरुद्धको खेल गुमाएका मेसी स्पेनविरुद्धको खेलमा मैदान उत्रने छन् । घरेलु समर्थकको साथमा स्पेन अर्जेन्टिनालाई हराउने दाउमा देखिनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved