सर्वाधिक पुरस्कार राशीको घरेलु क्रिकेट प्रतियोगीता डीपीएल आजदेखि

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 31, 2018 | 09:47:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वाधिक पुरस्कार राशीको घरेलु क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) शनिबारबाट सुरु हुँदैछ । 

धनगढीमा रहेको संघीय प्रहरीको क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा दिउँसो एक बजे गत संस्करणको विजेता टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स खेल्दैछन् । पहिले अर्थात अघिल्लो संस्करणमा राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चौराहाले फाइनलमा विराटनगर किङसलाई हराएको थियो । तर यसपटक विराटनगरको कप्तान नै पारस छन् । 

पोहोरको संस्करणमा बिराटनगरको कप्तानी सम्हालेका राष्ट्रिय टिमका खेलाडी शरद भेषवाकर भने यसपाली प्रतियोगितामा छैनन् । अघिल्लो संस्करणको विजेता बनेको चौराहाको कप्तानी यसपटक सोमपाल कामीले सम्हाल्दै छन् । काठमाडौं गोल्डेन्स भने राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदन उत्रदै छ । उद्घाटन खेलमा चौराहाबाट खेलिरहेका युएईका कप्तान रोहन मुस्तफा ले सबैको नजर तानेका छन् । मुस्तफा अलराउण्डर क्रिकेटर हुन् । 

सर्वाधिक पुरस्कार राशी र नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाएपछिको पहिलो घरेलु प्रतियोगिता भएकाले पनि यस पटकको डीपीएल लाई विशेष महत्वका साथ हेरिएको छ । पूर्व कप्तानहरु विनोद दास, राजु खड्का, अलराउण्डर मेहबुब आलम, पूर्व प्रशिक्षक स्वर्गीय अर्जुन खड्का र कीर्तिमानी तेक्वान्दो खेलाडी ओलम्पियन दिपक विष्टको नाममा अस्थाई प्याराफिटबो स्ट्यान्ड बनाइएको छ ।

६ टिम सहभागी यस प्रतियोगिता १५ दिनसम्म चल्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved