डिपिएल उपाधिको लागि टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्स भिड्दै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 13, 2018 | 09:17:10 AM मा प्रकाशित

laxmi  sunrise bank

धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्स भिड्दै छन् । बिहिबार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले पराजित गर्दै काठमाडौँ गोल्डेन्स फाइनलमा प्रवेश गरेको हो । टिम चौराहा धनगढीले भने काठमाडौँलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो  । 

खेल प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज दिउँसो १२:३० बजे हुनेछ ।  

उपाधि विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १० लाखमा चित्त बुझाउनुपर्नेछ । यो प्रतियोगितामा काठमाडौं र धनगढीले दुईपटक खेलेकोमा एक एक खेल जितेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले धनगढीलाई ७ विकेटले हराएको थियो भने प्रतियोगिताको एलिमिनेटरमा काठमाडांैलाई एक विकेटले हराउँदै धनगढीले बदला लिएको थियो । 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved