आगामी क्रिकेट विश्वकपमा २७ बर्ष अगाडिको ढाँचा प्रयोग हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 25, 2018 | 03:39:23 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी बर्ष हुने क्रिकेट बिश्वकपमा सन् १९९२ मा प्रयोग भएको ढाचा प्रयोग हुने भएको छ । सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने तय भएको प्रतियोगितामा १० देशले भाग लिदै छन् । सन् १९९२ बाहेकका अन्य सबै प्रतियोगितामा बिश्वकप खेल्ने टोलीलाई २ वा सो भन्दा बढी समुहमा बिभाजन गरी समुहचरणको खेल खेलाइने गरेको थियो । तर आगामी बिश्वकपमा भने समुह चरण हुने छैन । सहभागी सबै टोलीले लिग चरणको रुपमा एक अर्कासंग खेल खेल्ने छन् । बिश्वकपको इतिहासमा २७ बर्षपछि पुन यस्तो ढांचा प्रयोग गर्न लागिएको हो र सन् २०१९ मा यो ढांचा प्रयोग भएको दोस्रो पटक हुनेछ ।

यस हिसाबमा लिग चरणमा मात्र ४५ खेल हुनेछन् ।शिर्ष ४ मा पर्ने टोली बीच सेमिफाइनल हुने छ ।

आईसीसीले हालसम्म प्रतियोगिताको ६ वटा खेलको तालिका सार्बजनिक गरेको छ । जस मध्ये अत्याधिक दर्शकको ध्यान तान्ने भारत र पाकिस्तानबीचको खेल १६ जुनमा हुने भएको छ ।

यस पटकको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियासहित इंग्ल्यान्ड, दक्षिण अफ्रीका, भारत, न्युजील्याण्ड, पाकिस्तान, बंगलादेश , श्रीलंकाले भाग लिदै छन् । त्यस्तै छनौट चरण पार गर्दै आएका अफगानिस्तान र वेस्ट इन्डिजले पनि प्रतियोगितामा सहभागिता जनाउदै छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved