पल्सर स्पोर्ट्स अवार्ड:पिपुल्स च्वाइस अवार्डको मनोनयनमा सन्दिपदेखि स्यान्टूसम्म, कसरि गर्ने भोट ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 26, 2018 | 10:53:25 AM मा प्रकाशित

laxmi  sunrise bank

पल्सर स्पोर्टस् अवार्डअन्तर्गतको पिपुल्स च्वाइस विधाका खेलाडीको मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले २०७४ मा वर्षभरि उत्कृष्ट प्रदर्शन गरेका तथा चर्चामा रहेका खेलाडीमध्येबाट उत्कृष्ट पाँच जनाको छनोट गरेको हो ।

मनोनयनमा क्रिकेटबाट सन्दीप लामिछाने, फुटबलबाट किरण कुमार चेम्जोङ, गल्फकी प्रतिकम शेर्पा, भलिबलका मानबहादुर श्रेष्ठ र टेबलटेनिसका स्यान्टू श्रेष्ठ रहेका छन् । मनोनयनमा परेका खेलाडीहरुलाई एसएमएस, फेसबुक लाइक र प्रशिक्षक तथा खेलकुद पत्रकारहरुले मत दिन सक्नेछन् ।भोटिङ बुधबारदेखि नै खुलेको छ भने अवार्ड आयोजना हुने अघिल्लो दिन जेठ २ गते राति १२ बजेसम्म मत दिन पाइनेछ । एसएमएस र फेसबुकबाट भोट गर्न सकिने छ । फेसबुकको प्रत्येक चार लाइक बराबर एक भोट गणना हुने छ । एसएमएस र फेसबुक लाइकको ५० प्रतिशत तथा प्रशिक्षक र खेलपत्रकारका मतको ५० प्रतिशत हुनेछ । पिपुल्स च्वाइस अवार्डको विजेताले मुख्य प्रायोजक हंसराज हुलासचन्द एण्ड कम्पनीका तर्फबाट पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् ।

कसरी गर्ने भोट ?

एसएमएस मार्फत भोटिङका लागि सन्दिपका लागि एसएल, किरणका लागि केएल, प्रतिमाका लागि पीएस, मानबहादुरका लागि एमएस र स्यान्टूका लागि एसएस टाइप गरी ३७७२२ मा पठाउनु पर्ने छ । त्यस्तै नेपाल खेलकुद पत्रकार मञ्च र टीएचटीको आधिकारिक फेसबुक पेजमा आफुले भोट दिन चाहेको खेलाडीको फोटोमा लाइक गरेर भोट गर्न सकिने छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved