२०२६ को बिश्वकप आयोजना कसले गर्छ ? आयोजक छान्न फिफाको महासभामा मतदान हुदै (हेर्नुस लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 13, 2018 | 03:01:36 PM मा प्रकाशित

laxmi  sunrise bank

 बिश्व फुटबलको महाकुम्भ अर्थात बिश्वकप सुरु हुन् अब १ दिन मात्र बाँकि छ । यसकै पुर्व सन्ध्यामा अहिले रुसमा फिफाको ६८ औ महासभा चलिरहेको छ। यहि महासभाले सन् २०२६ को बिश्वकप फुटबल योजना गर्ने देश चयन गर्ने छ 

सन २०२६ को बिश्वकप आयोजना गर्न २ वटा आवेदन परेका छन् । पहिलो अफ्रिकी देश मोरोकोले आफु एक्लैले सबै खेल आयोजना गर्ने गरी आवेदन दिएको छ ।  दोस्रो आवेदन भने अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा बिश्वकप आयोजना गर्ने गरी आवेदन दिएका हुन् । 

सन् २०१८ मा रसियामा र सन् २०२२ मा कतारमा बिश्व कप हुने तय भईसकेकोले एसियन फुटबल संघ र युरोपेली फुटल संघले आवेदन दिन पाउने थिएनन् । बाँकि ४ महादेशका फुटबल संघलाई आवेदन खुला गरिएकोमा अफ्रीका र उत्तरी अमेरिकाबाट आवेदन परेको हो । 

सन् २०२६ को फुटबलमा पहिलो पटक ४८ राष्ट्र समाबेश हुने छन् र कुल ८० खेल हुदै छन् । मोरोकोले दिएको बिडमा सबै खेल उ एक्लैले आयोजना गर्ने छ । तर अमेरिका, क्यानडा र मेक्सिकोले दिएको आवेदन अनुसार अमेरिकाले कुल ६० खेल आयोजना गर्ने छ भने क्यानडा र मेक्सिकोले १०-१० खेल आयोजना गर्ने छन् ।   क्वाटरफाइनलदेखि सबै खेल अमेरिकामा हुने उल्लेख छ । 

यी दुई आयोजक बाट फिफाको ६८ औ महासभाले सदस्य राष्ट्रको मतदानको नतिजाको आधारमा आयोजक चयन गर्ने छ । यदि फिफालाई आवेदन चित्त नबुझेमा फेरी आवेदन माग गर्न सक्ने छ । 

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले फिफाका सदस्यराष्ट्रलाई लक्षित् गर्दै चेतावनीयुक्त ट्वीट गरेका थिए । उनले महासभामा अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा गरेको आवेदनको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । अमेरिकाको पक्षमा मतदान नगर्ने देशलाई हाल अमेरिकाले गर्दै आएको सहयोग बन्द गर्ने चेतवानी दिएका थिए । उनले भनेका थिए 'हामीलाई आवश्यक पर्दा सहयोग नगर्ने देशलाई हामीले किन सहयोग गरिरहने?' 

क्यानडाले सन् २००७ मा यु २० बिश्वकप र २०१५ मा महिला बिश्वकप आयोजना गरेको थियो । मेक्सिकोले १९७० र १९८६ मा बिश्वकप आयोजना गरेको थियो भने १९९४ मा बिश्वकप र दुई पटक महिला बिश्वकप् आयोजना गरिसकेको छ । 

मोरोकोले भने हालसम्म बिश्वकप आयोजना गरेको छैन । 

अमेरिका र मेक्सिकोबीच पछिल्लो समय तनाव बढिरहेको बेला अमेरिका र मेक्सिकोले सयुक्त रुपमा आवेदन दिनु महत्वको साथमा हेरिएको छ । अमेरिकी राष्ट्रपति ट्रंपले अमेरिका र मेक्सिकोबीच पर्खाल लगाउने समेत घोषणा गरेका थिए । 

अहिले महासभा चलिरहेको छ । यसै महासभाले मतदान गरी आयोजक टुंगो लगाउने छ । 

हेर्निस महासभाको लाइभ । लाइभ भिडियो युट्युबमा मात्र खुल्ने छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved