लर्ड्स मैदानमा नेपाल र एमसीसीको खेल सुरु (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 29, 2018 | 07:46:55 PM मा प्रकाशित

laxmi  sunrise bank

  क्रिकेटको घर भनिने ऐतिहासिक लर्ड्स मैदानमा अहिले नेपालले एमसीसीसंग प्रतिस्पर्धा गरिरहेको छ ।  बर्षाको कारण खेल ६ ओभरमा झारिएको छ ।  यस अगाडी एमसीसीले नेदरल्याण्डससंग प्रतिस्पर्धा गरेको थियो ।   जुन खेलमा नेदरल्याण्डस १० रनले बिजयी भएको थियो ।   

नेपालले टस जितेर पहिले बालिंङ गर्ने छ ।  यसपछि नेपाल र नेदरल्याण्डसबीचको खेल हुनेछ जुन २० ओभर कै हुनेछ  ।  

 मैत्रीपूर्ण भए पनि नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आईसीसीले अन्तर्राष्ट्रिय ट्वेण्टी ट्वेण्टीको मान्यता दिएको छ ।   एमसीसीको कप्तानी भेट्रान श्रीलंकाली क्रिकेटर महेला जयबर्द्धनेले गर्नेछन् ।  खेलको लागि नेपाली टोली एक साता अगाडी नै इंग्ल्याण्ड पुगेको छ । नेपालले त्यहाँ ३ अभ्यास खेल खेलेकोमा २ मा जित र एकमा हार बेहोरेको थियो । 

त्रिकोणात्मक शृँखलापछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । जहाँ नेपालले बुधबार आफ्नो पहिलो एक दिबशीय खेल खेल्ने छ। शुक्रबार नेदरल्याण्डसंग नै दोस्रो खेल खेल्ने छ । एकदिवसीय मान्यता पाएपछि पहिलो पटक नेपालले शृंखला खेल्न लागेको हो । 

हेर्नुस लाइभ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved