वर्ष खेलाडीको सर्ट लिस्टमा तीन खेलाडी

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 10, 2018 | 11:55:02 AM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन फुटबलकै सर्वोच्च संस्था युइएफएले यस वर्षको वर्ष खेलाडीको सर्ट लिस्ट सार्वजनिक गरेको छ । युइएफएले सार्वजनिक गरेको सर्ट लिस्टमा लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र मोहमद सलाह समावेश भएका छन् । 

बार्सिलोनाका स्ट्राइकर मेसीले गत सिजनको च्याम्पियन्स लिगमा ६ गोल गरेका थिए । रियल मड्रिडबाट हालै युभेन्टस गएका रोनाल्डोले रियलले लगातार तीनपटक उपाधि जित्दा १५ गोल गरेका थिए । लिभरपुलका सलाहले लिभरपुललाई १६ वर्षपछि फाइनल पुर्याउँदा १० गोल गरेका थिए । 

उत्कृष्ट डिफेन्डरमा रियलका मार्सेलो, सर्जियो रामोस तथा राफेएल भराने शीर्ष ३ भित्र अटाएका छन् । मिडफिल्डरमा रियलका टोनी क्रुज र लुका मोड्रिज र म्यानचेस्टर सिटीका केभिन डे ब्रुयने सर्ट लिस्टमा परेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved