एसिया कप छनोटमा नेपालको पहिलो जित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 01, 2018 | 07:52:43 PM मा प्रकाशित

laxmi  sunrise bank

एसिया कप छनोट क्रिकेटमा नेपालले आफ्नो पहिलो जित हात पार्न सफल भएको छ। सुरुका दुई खेलमा लगातार हार बेहोरेको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएर प्रतियोगितामा पहिलो जित दर्ता गर्न सफल भएको हो।  

नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र बनायो। बलिङमा नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए। 

बसन्तले ६ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। यस्तै, सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र सागर पुनले १-१ विकेट लिन सफल भए।

वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाएर १८८ रन बनाएको थियो । ओपनिङमा सुवास खकुरेलसँगै अनिलकुमार साहलाई ल्याएको नेपालको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर १८ रन हुँदा खकुरेल व्यक्तिगत ९ रनमा आउट भए ।ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ र सागर पुन शुन्यमै आउट भए र मात्र ६० रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाउन पुग्यो ।

छैटौं विकेटका लागि आरिफ शेखसँग १०१ रनको साझेदारी गरेका दीपेन्द्रसिंह ऐरी व्यक्तिगत ५४ रनमा आउट भए। ५१ बलको सामना गरेका उनले ६ चौका र एक छक्का हानेका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved