सन्दीपले ताेडे वसन्त रेग्मी र विनाेद दासको रेकर्ड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 19, 2018 | 04:45:24 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा जारी आइसीसी टी–२० एशिया उपक्षेत्रीय छनोट अन्तर्गत नेपालले अघिल्लो चरण प्रवेश गरेको छ। बर्षातले खेल प्रभावित भएपछि सिंगापुरसंग अंक बाडेको नेपाल रननेटको आधारमा बिजेताको हैसियतमा अघिल्लो चरण प्रवेश गरेको हो।नेपाल र सिंगापुरसंगसंगै मलेसियापनि अघिल्लो चरण प्रवेश गरेको छ। 

नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाउनका लागि सिंगापुर र मलेसियासँगै कतार, कुवेत र युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिंगापुरबिरुद्दको खेलमा नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिए। उनले ४ विकेट लिएसँगै बसन्त रेग्मी र विनोद दासको एकै प्रतियोगितामा धरै विकेट लिने रेकर्ड तोडेका छन् ।  उनले प्रतियोगिताको ६ इनिङमा २४ विकेट लिए। यससंगै सिनियर टिमको लागि एकै प्रतियोगितामा धेरै विकेट लिने बसन्त रेग्मी र बिनोद दासको नाममामा रहेको रेकर्ड तोडिएको छ। 

रेग्मीले सन २०१२ को डिभिजन–४ प्रतियोगितामा तथा बिनोद दासले सन २००५ को एसीसी फास्ट ट्रयाक कन्ट्रीज प्रतियोगितामा २१-२१ विकेट लिएका थिए ।सन्दिपले पहिलो खेलमा म्यानमारविरुद्ध ४, दोस्रो र तेस्रो खेलमा मलेसिया र थाइल्याण्डविरुद्ध ५–५ तथा चौथो र पाँचौं खेलमा भुटान र चीनविरुद्ध ३–३ विकेट लिएका थिए ।

उमेर समूहमा पनि एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने रेकर्ड सन्दिप लामिछानेकै नाममा रहेको छ । उनले गएकाे जुलाईमा सिंगापुरमा सम्पन्न यू–१९ विश्वकप छनौट प्रतियोगितामा ६ खेलमा कूल २४ विकेट लिंदै कीर्तिमान कायम गरेका थिए।सन्दिप लामिछानेले जारी प्रतियाेगितामा म्यानमारविरुद्ध ४ विकेट,मलेसियाविरुद्ध ५ विकेट,थाईल्याण्डविरुद्ध ५ विकेट, भुटानविरुद्ध ३ विकेट र चीनविरुद्ध ३ विकेट लिँदै कीर्तिमान बनाएका हुन् ।   

प्रदिप ऐरीको सुखद पुरागमन

लामो समयपछि टोलीमा स्थान बनाएका प्रदीप ऐरीले उत्कृष्ट पुनरागमन गरेका छन् । ऐरीले प्रतियोगितामा तीन खेलबाट ७९ रन बनाए । उनले भुटानविरुद्ध अविजित ७५ रन बनाए । 

प्रदीपको यो स्कोर ट्वान्टी–२० क्रिकेटमा नेपाली ब्याट्सम्यानले बनाएको तेस्रो ठूलो स्कोर हो। यसअघि मेहबुब आलमले २०११ को एसिसी ट्वान्टी–२० मा साउदी अरेवियाविरुद्ध बनाएको ८८ रन नेपाली ब्याट्सम्यानले बनाएको उच्च स्कोर हो । २०१३ को एसिसी ट्वान्टी–२० मा कप्तान पासर खड्काले मलेसियाविरुद्ध बनाएको ८७ रन दोस्रो ठूलो स्कोर हो । ट्वान्टी–२० मा ऐरीको यो चौथो अर्धशतक हो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved