काठमाडौंको जितसँगै सन्दिपको विराटनगरलाई नकआउट चरण प्रवेशमा कठिन

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 29, 2018 | 01:45:11 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा रंगशालामा जारी पीपीएल क्रिकेटमा काठमाडौँले लगातार दोस्रो जित दर्ता गरेको छ । विराटनगरले दिएको १५० रनको लक्ष्य पूरा गर्न भारतीय खेलाडी गौरव तोमर एक्लैले ६ चौका र ३ छक्काको मद्दतमा ६६ रनको योगदान गरे । काठमाडौंले १९.२ ओभरमा ७ विकेट गुमाएर १५१ रन बनाउँदै लक्ष्य पूरा गर्यो ।

काठमाडौंविरुद्ध विराटनगरका साहब आलमले २ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, किसन महतो र जितेन्द्र मुखियाले समान एक—एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको सन्दिप लामिछाने नेतृत्वको विराटनगरले १४९ रन बनाएको थियो । मोहमद जाइद आलमले ६७ रन, सुनिल धमलाले ३० रन बनाए भने राजेश पुलामी मगरले ३० रन बनाएका थिए ।

आजको हारसँगै विराटनगरको थप यात्रा कठिन भएको छ । लगातारको हार व्यहोरेको विराटनगरले अब बाँकी रहेका दुई खेल जितेको खण्डमा अंक गणितका आधारमा नकआउट चरण पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved