पोखरा प्रिमियर लिगमा पारसको टिमलाई पहिलो सफलता

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 31, 2018 | 12:21:58 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा प्रिमियर लिग अन्तर्गत बुधबार भएको पहिलो खेलमा चितवनले धनगढीलाई १२६ रनले पराजित गरेको छ । चितवनले दिएको १९४ रनको लक्ष्य पछ्याएको धनगढीले १६.२ ओभरमा ६७ रन मात्रै बनाउन सक्यो । राष्ट्रिय टिमका कप्तान समेत रहेका पारसले नेतृत्व गरेको चितवनको यो पहिलो जित हो । 

धनगढीका ओपनर दिलिप नाथ र अनिल शाह खाता नखोलि आउट भए । पिटर टेग्रोले २७ रन कप्तान दीपेन्द्र सिंह ऐरीले १ र सन्दीप जोराले ८ रनको योगदान गरे । 

चितवनका लागि सन्नि पटेलले सर्वाधिक ४ विकेट लिए । भुवन कार्की र स्मित पटेले २/२ तथा करण केसी र शक्ति गोचनले १/१ विकेट लिए । 

टस हारेर ब्याटिङको निम्तो पाएको चितवनका लागि ओपनर हरिशंकर शाहले ३३ बलमा ५३ रन र अनिल शाहले ३४ बलमा ३७ रनको योगदान गरे । कप्तान पारस खड्काले १९ रन, सन्नि पटेलले २६ रन र करण केसीले ११ रनको योगदान गरे । धनगढीका लागि दिपेन्द सिंह ऐरि, ड्यान लरेन्स, योगेश कार्की र मनजित श्रेष्ठले समान १/१ विकेटको लिए । 

आज हुने दोस्रो खेलमा अंक तालिकाको पहिलो स्थानमा रहेको बुटवल ब्लास्टर्स र प्रतियोगितामा कुनै खेल नजितेको विराटनगर टाइटन्स भिड्नेछन् । खेल दिउँसो १ बजे हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved