क्रिकेटमा मानव तस्करी प्रकरण: क्रिकेट समर्थक समाजको खबरदारी जारी, सदस्य सचिवलाई ज्ञापन पत्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2016 | 11:16:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेट समर्थक समाजले  क्रिकेटको आडमा भएको भनिएको मानव तस्करीबारे सत्य तथ्य सार्बजनिक गर्न खबरदारी अभियान जारी राखेको छ ।  समाजले शनिबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टलाई  ज्ञापन पत्र बुझाउदै मानव तस्करी छानविन गर्न गठित समितिको प्रतिबेदन छिटो सार्बजनिक गर्न माग गरेको छ । 

 छानबिन समितीको प्रतिबेदन सार्बजनिक गर्न ढिलाइ गर्दा तस्कर हरु कानुनी दायरा बाट उम्कन सक्ने सम्भावना रहेको औल्याउदै प्रतिबेदन छिटो सार्बजनिक गर्न दवाव दिने उदेश्यले समर्थक समाजले प्रतिबेदन बुझाईएको समाजका अध्यक्ष भानु सिग्देलले  जानकारी दिए । प्रतिवेदन सार्बजनिक भई दोषीलाई कारबाही नहाये सम्म खबरदारी अभियान जारी रहने समेत सिग्देलले बताएका छन् ।

ज्ञापन पत्र बुझ्दै सदस्य सचिब केशब बिष्टले समर्थक समाजले गरेको खबरदारी प्रति सजक रहेको र  छानबिन समितीले बुझाएको प्रतिबेदन दुइ तिन दिन भित्रै खेलकुद मन्त्रालयलाई  बुझाइने बताएका छन् । उनले सम्भावित दोषीहरु बिदेशमा रहेको आशंका गर्दै  खेलकुद मन्त्रालयले गृह मन्त्रालय मार्फत राष्ट्रिय अनुसन्धान बिभाग मार्फत इन्टरपोलको सहयोग लिएरै भए पनि दोषीलाई कानुनी दायरामा आउने प्रतिबद्धता ब्यक्त गरे  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved