प्रशंसकको गालीमा माया हुन्छ : क्रिकेटर लामिछाने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2018 | 06:55:27 PM मा प्रकाशित

laxmi  sunrise bank

युवा क्रिकेटर सन्दिप लामिछानेले प्रसंशकको मायाका कारण आफु यहाँसम्म आइपुगेको बताएका छन। पोखरा प्रिमियर लिग (पिपिएल) प्रतियोगितामा विवादमा परेका लामिछानेले प्रसंशकको गालीमा पनि माया हुने बताउदै गल्ति गर्दा आफुले माफि माग्ने बताए। 

सुट द्याट फिट्स’ को ब्रान्ड एम्ब्यासेडोर घोषणा कार्यक्रममा बोल्दै लामिछानेले हरेक घटना सिक्नका लागि मौका हुने बताए। “गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ, सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ, गल्ती गर्दा म माफी माग्छु, असमझदारी पनि भएको हुनसक्छ, त्यसलाई हामी हटाउन सक्छौँ, प्रसंशकको मायाका कारण पनि म यहाँसम्म आएको हुँ” उनले भने।

इन्डियन प्रेमियर लिग (आइपिएल) २०१८ को टीट्वान्टी खेलका लागि दिल्ली डेयरडेभिल्ससँग अनुबन्धन भएका पहिलो नेपाली खेलाडी लामिछाने आइतबार खेलकै लागि संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दैछन् । उनले आफू त्यसपछि नेपाल फर्कने र एभरेस्ट प्रेमियर लिगको दुई खेल खेल्नसक्ने बताए । 

“त्यसपछि म बिग बास लिग (बिबिएल) खेल्न अष्ट्रेलिया जाँदै छु । डिसेम्बरको ५ मा बङ्गलादेश क्रिकेट लिग खेल्न त्यसतर्फ जान्छु । त्यसपछि म फेरि अस्ट्रेलिया जान्छु । अनि दुबई जान्छु । त्यसपछि नेपाल फर्कन्छु र त्यसपछि आइपिएल खेल्छु ।’’ 

स्याङ्जाको आरुचौरमा सन् २००० को अगस्ट २ मा जन्मेका सन्दीपले आफ्नो आगामी केही दिनको अन्तर्राष्ट्रिय खेलका लागि व्यस्तताका विषयमा बताए । पत्रकार भेटमा उनी ‘सुट द्याट फिट्स’ को सुटमा सजिएका थिए । 

कार्यक्रममा गारमेन्ट एशोशिएसन नेपालका अध्यक्ष चण्डी अर्यालले २२÷२३ वर्षसम्म मुलुकले लगानी गरिसकेपछि विदेशका कारखानामा काम गर्नुपर्ने नेपाली युवाको बाध्यताबीच ‘सुट द्याट फिट्स’ ले विदेशीका लागि नेपालमा सुट तयार गरी निर्यात गरिरहेकोमा खुसी व्यक्त गरे। उनले दुई करोड ८० लाख जनसङ्ख्यामा १८ देखि ४० वर्षका करिब ४८ लाख नेपाली विदेशमा रोजगारीका लागि गएकाले ५४ लाख प्रौढले नेपालको विकास गर्न युवा कमी हुने उल्लेख गरे। 

‘सुट्स द्याट फिट्स’ का कार्यकारी प्रमुख ओमभक्त योगीले सन् २००८ मा बेलायतमा निर्यात गर्न स्थापित यस संस्थाले पछिल्ला वर्षमा आयरल्यान्ड, स्कटल्यान्ड, अमेरिका तथा युरोपका अन्य मुलुकमा सुट निर्यात गरिरहेको बताए। उनले चर्चित फुटबल खेलाडी डेविड बेकम, कलाकार तथा सामाजिक कार्यकर्ता जोअन लुमली, कलाकार जेम्स डिन, विश्वका अग्ला व्यक्ति सुल्तान कोसेन तथा सङ्गीत समूह वन डाइरेक्सनका लागि आफ्नो संस्थाले सुट तयार गरेको बताए। उनले यस अवधिमा आफूहरूले १५ हजारभन्दा बढी सुट निर्यात गरेको पनि जानकारी दिए। 

‘अ सुट्स द्याट फिट्स’ नामक बेलायती संस्थाको साझेदारीमा यो आफ्नो संस्था नेपालमा स्थापना भएको र नेपाललाई पनि सुटको केन्द्र बनाउने यस संस्थाको उद्देश्य रहेको योगीले जानकारी दिए। उनले टेलिभिजनमा छिट्टै देखा पर्ने ‘को बन्छ करोडपति’ का लागि कलाकार राजेश हमालका लागि पनि पनि आफूहरूले सुटको डिजाइन गर्ने जानकारी दिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved