बालोन डी’ओर २०१६ को पहिलो मनोनयन सार्बजनिक, मेस्सी परेनन्

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 24, 2016 | 01:30:06 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वको वर्ष उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने बालोन डी’ओर २०१६ को लागि पहिलो  मनोनयन सार्बजनिक भएको छ  । यस अघि फिफा बालोन डि’ओर हुदै आएकोमा विश्व फुटबलको प्रशासकिय निकाय फिफासँगको  सहकार्य टुटेपछि  बालोन डि’ओर अवार्ड हुन् लागेको हो  । अवार्डको सम्पूर्ण जिम्मा फ्रान्सेली फुटबलले पाएको छ ।

फ्रान्सेली फुटबल म्यागजिनले अवार्डको लागि ३० जनालाई मनोनयन गर्ने छ ।  जस मध्ये पहिलो चरणमा ५ जनाको नाम सार्बजनिक भएको हो।   पहिलो चरणमा मनोनयनमा पर्न सफल पाँच खेलाडीमा रियल मड्रिडका २, म्यानचेस्टर सिटीका १, युभेन्टसका १ र बोरुसिया डर्टमुण्डका १ जना रहेका छन् । 

मनोनयनमा पर्न सफलमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल रहेका छन् ।   म्यानचेस्टर सिटीबाट सर्जियो अग्युरो, युभेन्टसबाट जियानलुइजी बुफोन र बोरुसिया डर्टमुण्डबाट पिएर एमरिक  पहिलो चरणको मनोनयनमा परेका हुन् । पहिलो चरणमा बार्सिलोनाका स्टार लिओनल मेस्सी भने परेनन् । उनी अब हुने मनोनयनमा पर्ने अनुमान गरिएको छ    ।

 फ्रेन्च फुटबलले मनोनयनमा परेका बाँकी २५ खेलाडीको नाम क्रमशः सार्वजनिक गर्ने जनाएको  छ । यस पटक युरोपका खेल पत्रकारहरुले मात्र भोट गरेर बिजेता चुन्ने छन् । फिफाको संलग्नतामा   टिममा प्रशिक्षक र कप्तानले पनि भोट गर्ने गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved